default_image

3 years ago

April 2, 2022

दीपेन्द्रको सानदार शतकमा मलेसियालाई विशाल लक्ष्य

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए । यसअघि टि२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो । रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका आदिल अन्सारी १४ रनमा आउट भए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।

रोहित मोहम्मद आमिरको बलमा डिपमिडविकेटमा क्याच भएका थिए । मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।

अपडेटः दीपेन्द्रको कीर्तिमानी शतक

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 13, 2024

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]

Success

Thank you for your time.