3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रणजी खेलि सकेका स्पिनर सचिन कुमार सिंहको उत्कृष्ट बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि एक रनको रोमान्चक जित हात पारेको छ ।
१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । पुलिसलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । ईशान पाण्डेलाई गुलशन झाले पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरेपछि खेल रोचक बनेको थियो ।
पुलिसलाई जितको लागि अन्तिम ३ बलमा ३ रन चाहिँएको थियो । चौथो बलमा गुलशन क्याच भए । पाँचौं बल ईशानले सागर ढकाललाई डट राख्दा अन्तिम बलमा एक रन दिँदै १ रनको रोमान्चक जित दिलाए । पुलिसका गुलशन झाले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।
पवन सरार्फले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । शंकर राना २० बलमा ११ रन, दीलिप नाथ १९ रन, अर्जुन साउद १ र करण केसी गोल्डेन डक आउट भए । दीलिपले १८ बलमा ४ चौका प्रहार गरे । दिल्लीका सचिन कुमार सिंहले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ६ विकेट लिए । उनले बिहारबाट दुई रणजी ट्रफीको खेल खेलि सकेका छन् । विशेष सारोहाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । नेपाली सिनियर टोलीका ओपनर समेत रहेका ईशान पाण्डेले २५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए ।
ओपनर आदित्य र मयंक गुप्ताले पहिलो विकेटका लागि ६.२ ओभरमा ५९ रनको आक्रामक सुरुवात दिलाएका थिए । गुप्ता पवन सरार्फको बलमा दीलिप नाथबाट २३ रनमा क्याच भए । उनले १७ बलमा २ चौका र २ छक्का प्रहार गरे । अनिन्दो नहारेलाई शून्यमा बोल्ड आउट गरे ।
कप्तान मञ्जित श्रेष्ठले ईशान र आदित्यलाई आउट गर्दै पुलिसलाई खेलमा फर्काएका थिए ।
स्पिनर सागर ढकालले कप्तान तथा विकेटकिपर मरिजंग पाठकलाई ९ र करण केसीले अभिषेक अग्रवाललाई १ रनमा आउट गरेपछि पुलिसले उत्कृष्ट पूनरागमन गरेको थियो । स्पर्श ९ बलमा २ चौकासहित १६ रनमा अविजित रहे ।
पुलिसका मध्य गतिका बलर मञ्जित श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । स्पिनर पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकाल र करण केसीले १–१ विकेट लिए । उद्धघाटन खेलमा भने रुपन्देही–११ ले मलेसिया ११ लाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो ।
पुलिसले अव रुपन्देहीसँग खेल्नेछ । दिल्लीले सोमबार मलेसियासँग खेल्नेछ । दिल्लीले आफ्ना प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, अनिल कुमार शाह लगायतका खेलाडीलाई भने विश्राम दिएको हुँदा प्रतियोगितामा छैनन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।