default_image

3 years ago

April 11, 2022

मृत्युको मुखबाट फर्किएका ललित भन्छन् : ‘अब क्रिकेट खेलेरै देखाउँछु’

160 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीले मोटरसाइकल दुर्घटनामा परेको १९ महिनापछि क्रिकेटमा पूनरागमन गरे । शुक्रबार नेपाल पुलिस क्लबबाट प्रो क्लब च्याम्पियनसिप अन्तर्गत भारतीय पुश स्पोर्ट्स दिल्लीविरुद्ध मैदान उत्रँदै लामो प्रतिक्षा अन्त्य गरे ।

२०७७ भदौ २८ मा महेन्द्रनगरको झलारीमा मोटरसाइकल दुर्घटनापछि गम्भीर घाइते भएका थिए । मृत्युलाई जितेर मैदानमा फर्किएका ललितको पुनरागमन उदाहरणीय बनेको छ । दुर्घटनामा ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेका थियो ।

अचेत अवस्थाबाट उनलाई धनगढी, कोहलपुर हुँदै अर्कोदिन हेलिकप्टरमार्फत ग्रान्डी हस्पिटल काठमाडौंमा ल्याइएको थियो । चार साताको उपचारपछि असोज २० मा डिस्चार्ज भएका थिए । समयमै उपचार नभएको भए ललितको अवस्था जे पनि हुन सक्थ्यो ।

ललितलाई नेपालगन्जबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । त्यसैले उनी बाच्नु त्यो समय सबैभन्दा ठूला कुरा थियो । क्रिकेट कल्पना बाहिरको कुरा थियो । तर उनको उपचारमा संलग्न चिकित्सकहरुले भने हात दायाँमा लागेको हुँदा मैदान एक वर्षपछि फर्किन सक्ने त्यसै समयमा बताएका थिए । १९ महिनापछि ललितले प्रो क्लब च्याम्पियनसिप मार्फत शुक्रबार भैरहवाको सिद्धार्थ रंगशालामा फर्किए ।

पुनरागमन गरेको खेलमा पुलिसले पहिलो ओभर नै ललितलाई दिएको थियो । ललितले पहिलो बल ओपनर आदित्य झालाई डट राखेपनि त्यसपछि लगातार तीन चौका खर्चिए । पाँचौं बल डट राख्दा अन्तिम बलमा एक रन खर्चिए । १३ रन खर्चिएका ललितले त्यसपछि बलिङ गरेनन् ।

‘राम्रो गर्न खोजेको थिए । तर सोचे जस्तो भएन । लाइन र लेन्थ अलि सोचेजस्तो मिलेन । तर अरु कुरामा राम्रो अनुभव भयो । धेरै समयपछि मैदान फर्किदा खुसी लाग्यो । खेलौला भन्ने सोचेको थिए । मलाई खेल्नै सक्दैन भन्ने कुराहरु आउथ्यो । त्यसैले पूनरागमन गर्दा खुसी लाग्यो’, ललितले भने ।

‘सुरुमा बलिङ गर्दा डर थिएन । किनकी डाक्टरहरुले पहिलादेखि नै डराउनु प्रदैन भनेका थिए । त्यस्तो डर भन्ने कुरा मनमा केहि थिएन । मनमा लामो समयपछि खेल्दा प्रदर्शन राम्रो हुन्छ की बिग्रिन्छ भन्ने मात्र थियो’, ललितले अनुभव सुनाए ।

त्यसैपनि तीव्र गतिका बलरलाई लामो समयपछि खेलमा फर्कंदा लय समाउन लामो तयारी चाहिन्छ । तर ललित लामो समयमात्र होईन ठूलो चोटबाट फर्किएका हुन् । जुन घटनाबाट पून सक्रिय खेलमा फर्कने कल्पना गर्न नै कठिन छ । लयमा फर्किन उनलाई पक्कै समय लाग्नेछ । त्यसैले अहिलको उनको प्रदर्शन भन्दापनि पूनरागमन नै सबैभन्दा ठूलो कुरा हो ।

‘धेरैपछि खेल्दा रनअप पनि नमिले नमिले जस्तो भएको थियो । जुत्ता चिप्लिएको थियो । पहिला जस्तो आत्माविश्वास प्रदर्शनको रुपमा आएको छैन । तर गर्न सक्छु भन्नेछ । लगातार मिहिनेत गर्नुछ । अब भने पूर्ण रुपमा फिट भएको छु’, ललितले भने ।

ललितले लगातार अभ्यास गर्न थालेको डेढ महिना जति भएको छ । उनी गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको प्रशिक्षणमा रहेपनि अन्तिम समयमा बाहिरिएका थिए । चोटपछि एक वर्षसम्म रिह्याबमा व्यस्त रहे । त्यसपछि पुलिस एकेडेमीमा आए । विस्तारै विस्तारै अभ्यास गर्न थाले ।

‘अहिले शरीरमा कुनैपनि दुखाइ छैन । धेरै समय नखेलेको हुँदा टाइटनेश रछ । अरु त्यस्तो केहि छैन’, पूनरागमनपछि ललितले सुनाए ।

ललित त्यो दुर्घटना सम्झन चाहदैनन् । ‘त्यो सोचेर पनि काम छैन । सोचे झनै तनाब हुन्छ । हुने कुरा भईसक्यो, बितिसक्यो । त्यो कुरा म सोच्न पनि सक्दिन । अब अगाडि बढ्ने हो । कतिसम्म बढ्न सकिन्छ हेरौं’, उनले भने ।

ललितले पूनरागमन गर्नु सक्नुको मुख्य आधार उनको आत्माविश्वास हो । उनको आत्माविश्वासको कारण नै अपेक्षा भन्दा धेरै छिटो ठिक भएका थिए । उनको सुधार देख्दा चिकित्सक नै अचम्ममा परेका थिए । हसिलो मुहारमा देखिने ललितको त्यो आत्माविश्वास भने अहिले पनि देखिन्छ ।

‘म क्रिकेटमा फर्कन सक्छु भन्नेमा पूर्ण विश्वस्त छु । शंका कुनै कुरामा छैन । म होसमा आउँदा सुरुमै डाक्टरले एक वर्ष जतिमानै खेल्न सक्छौं भन्नुभएको थियो । वहाँहरुले आत्माविश्वास दिइरहनु भयो । मेरो चोट अप्रेशनपछि डाक्टरहरुले भनेपछि थाहा पाएको हुँ । म सक्छु भन्ने थियो । त्यो घटनालाई नसम्झेकै ठिक छ’, उनले भने ।

ललित मैदान त फर्के । तर राष्ट्रिय टोलीबाट खेलिसकेका उनलाई थाहा छ क्रिकेटको स्तर धेरै माथि पुगेको छ । ‘१९ महिना भनेको धेरै हो । त्यो स्तरको लागि धेरै मिहिनेत गर्नुपर्छ । तर टिममा फर्किन भने गाह्रो छैन’, सिनियर टोलीमा पूनरागमन बारे भने ।

‘सिनियर टोलीमा प्रतिस्पर्धा उच्च छ । तर अहिले पहिला भन्दा अझ राम्रो भएर आउनुपर्छ । त्यस्तो गाह्रो छैन’, उनले भने ।

ललितले पुलिसमा पनि प्रतिस्पर्धा भएको बताउँछन् । ललित यो अवधिमा क्रिकेट नै बढी मिस भएको बताउँछन् । ‘क्रिकेट एकदमै मिस भयो । म भएको भएँ खेल्थे र राम्रो गर्थें भन्ने हुने रहेछ । एकदमै धेरै मिस गरे’, उनले भने ।

ललितलाई खेलाडीले पनि धेरै सकरात्मक उर्जा दिए । ‘जे भयो भईसक्यो । यो स्तरको सुधार हुनु धेरै राम्रो कुरा हो । मैदानमा फर्किनु नै ठूलो कुरा हो । अब राम्रो गर्नुपर्छ । परिवार लगायत सबैले उर्जा दिनुभयो’, उनले सुनाए ।

ललितलाई त्यो अवस्थाबाट पुन मैदान फर्किन समर्थकले बढी उर्जा दिएको बताउँछन् । ‘सबै क्रिकेट सर्मथक । सबैलाई थाहा छ । पारस दाइ, विनोद दाइ, परिवार लगायत सबैको साथ र सहयोग रह्यो । मुखले सक्छु र आउँछु भनेर मात्र हुँदैन । मिहिनेत गर्नु पर्यो । कसरी प्रमाणित गर्न सकिन्छ,’ उनले थपे ।

अब यो क्रिकेट खेल्न सक्दिन भन्ने अरुले भनेको कुरा उनलाई यो बीचमा सबैभन्दा नराम्रो लागेको बताउँछन् । ‘कहिले काहिँ यस्तो मान्छे कहाँ खेल्न सक्छ र ? सक्दैन अब । यसको करिअर सकियो लगायत कुरा पनि सुनिन्थ्यो । यहिँ कुरा नरमाइलो लाग्थ्यो,’ उनले निराश हुँदै भने, ‘त्यहि कुरा इख बन्यो । भन्नेले भनिरहन्छ, आफूलाई म सक्छु भन्ने थाहा थियो । भोलीको दिन गरेर देखाएपछि आफैं थाहा पाइहाल्छन् नि । यहि सोचेर अघि बढें ।’

‘मलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । वहाँहरुको साथ र सहयोगले म पुन मैदान फर्किन पाएको छु । अब अरु त म खेलेरै देखाउँछु । त्यो नै मेरो तर्फबाट सबैलाई रिटर्न गिफ्ट हुनेछ, ‘ उनले टुंग्याए ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.