default_image

3 years ago

April 10, 2022

पवनको उत्कृष्ट बलिङमा पुलिसलाई सामान्य लक्ष्य

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर पवन सरार्फको उत्कृष्ट बलिङमा प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही–११ ले नेपाल पुलिस क्लबलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।

घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । रुपन्देहीका विशाल विक्रम केसीले २५ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाए । विक्रम भुषाल १२ बलमा २ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे ।

ओपनर देव खनाल १३, प्रज्वल थापा ७, सन्दीप रजाली १०, सौरभ खनाल २, बशिर अहमद १७, कृष्ण कार्की शून्य र तुल बहादुर थापाले १३ रन बनाए । पुलिसका पवनले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । करण केसी, गुलशन झा, सागर ढकाल र मञ्जित श्रेष्ठले १–१ विकेट लिए ।

पुलिस पहिलो खेलमा पुश स्पोर्ट्स दिल्लीसँग १ रनले पराजित भएको थियो । रुपन्देहीले मलेसिया सिनियर टोलीलाई ६ विकेटले हराएको थियो ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.