3 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी ) को नयाँ टि२० आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो ।
यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिजमा च्याम्पियन बनेपछि नेपालको विश्व वरियता पनि सुधार भएको हो । नेपालले पछिल्ला १० टि२० आई खेल मध्य ९ खेलमा जित हात पारेको छ । त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले पाँच खेलमा नै जित हात पारेको थियो ।
दुई महिना अघि ओमानमा सम्पन्न आइसिसी टि२० विश्वकप छनोट ए मा नेपालले खेलेका ५ मध्य ४ खेलमा जित निकालेको थियो । समूह बी मा तीन खेलमा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपनि तेस्रो स्थानको खेलमा पुन ओमानलाई हराएको थियो ।
नेपालको ३२ खेलमा ६ हजार ४८ प्वाइन्ट र १ सय ८९ रेटिङ अंक छ । भारत टि२० आई वरियतामा शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ । २०२१ को टि२० विश्वकप च्याम्पियन अष्ट्रेलिया भने छैटौं स्थानमा छ । नेपाल भन्दापछि युएई १३ औं, स्कटल्यान्ड १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छन् ।
ओडिआई वरियतामा भने नेपाल १८ औं स्थानमा छ । ओडिआई वरियता न्युजिल्यान्ड शीर्षस्थानमा छ । टेस्टमा भने अष्ट्रेलिया शीर्षस्थानमा छ ।
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]