3 years ago
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एपेक्स कलेजले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मोर्गन कलेजलाई ३० रनले पराजित गर्दै एपेक्सले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।
मुलपानीमा सोमबार भएको दोस्रो खेलमा १ सय ४० रनको लक्ष्य पछ्याएको मोर्गन कलेज २० ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । पवन सिग्देलले ३४ र राजकुमार श्रेष्ठले २६ रन बनाए । दिनेश सुवेदीले ११ रन बटुले । एपेक्सका मोहन सिंहले ४ तथा शशांक अग्रवालले ३ विकेट हात पारे । हरिस बडुले २ तथा खगेन्द्र सामन्तले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपेक्सले २० ओभरमा १ सय ३९ रन बनायो । खगेन्द्र सामन्तले २७ तथा शशांक अग्रवालले २३ रन जोडे । सागर क्षेत्रीले २२ तथा साहिव भडालले १७ रन जोडे । मोर्गनका सन्जिब मल्लले ३ तथा अफजल अली, दिपेन्द्र रावत र दिपेन्द्र पण्डितले समान २ विकेट लिए ।
एपेक्सका मोहन सिंह खेलको म्यान अफ द म्याच घोषित भए । यो जितसँगै समूह ‘ए’ मा एपेक्सको दुई खेलबाट ४ अंक पुगेको छ । मोर्गानले अंकको खाता खोल्न सकेको छैन ।
त्यसअघि सोमबार नै भएको पहिलो खेलमा ब्लुबर्ड कलेजले गोल्डेनगेट कलेजलाई ९ विकेटले पराजित गरेको छ । ९७ रनको विजयी लक्ष्य पछ्याएको ब्लुबर्डले १२ ओभर ५ बलमा १ विकेट गुमाएर ९८ रन बनायो । उसको जितमा सचिन लेखकले अविजित ६० रनको अर्धशतकीय इनिङ्स खेले । दुर्गेश क्षेत्री १७ रनमा अविजित रहे । गोल्डेनगेटका आशुतोष गिरैयाले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनायो । आशुतोष गिरैयाले २७ रन जोडे । रिजन ढकाल १७ रनमा आउट हुँदा विश्वास श्रेष्ठ १४ र अन्जन कोइराला १३ रनमा अविजति रहे । ब्लुबर्डका बिपिन आचार्य र सुबास खत्रीले समान २–२ विकेट लिए । तिलक भण्डारी र दुर्गेश क्षेत्रीले समान १ विकेट लिए ।
ब्लुबर्डका सचिन लेखक खेलको म्यान अफ द म्याच घोषित भए । पहिलो जित निकालेको ब्लुबर्डको दुई खेलबाट २ अंक पुगेको छ । पराजित गोल्डेनगेटको पनि २ अंक नै छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]