default_image

3 years ago

April 13, 2022

जतिन्दरको कीर्तिमानी शतकमा ओमानको जित

132 views

0 Bookmark

एजेन्सी – ओपनर जतिन्दर सिंहको कीर्तिमानी शतकमा ओमानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीलाई ७ विकेटले हराएको छ ।

जितको लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा ओपनर जतिन्दर सिंहले १ सय १६ बलमा १३ चौकासहित १ सय १८ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको तेस्रो शतक हो ।

ओमानबाट ओडिआईमा एक ब्याटरले बनाएको सर्वाधिक ठूलो स्कोर हो । जतिन्दरले अकिव इलियासले नेपालविरुद्ध २०२० मा बनाएको १ सय ९ रनको कीर्तिमान तोडेका हुन् । जतिन्दर ओमानबाट ओडिआईमा सर्वाधिक शतक बनाउने ब्याटर पनि बनेका छन् ।

ओमानको लागि यो सातौं ओडिआई शतक हो । यसअघि अकिब इलियासले २, शोएब खान र जिशान मकसुदले १–१ शतक प्रहार गरेका छन् । कप्तान खवर अली ९९ बलमा ३ चौका र १ छक्कासहित ५७ रनमा अविजित रहे । कश्याप प्रजापति २, शोएब खान १ र अयान खान २५ रनमा आउट भए । पिएनजीका सिमो कमियाले २ र नोर्मन भानुआले १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । पीएनजीका चाल्र्स अमिनीले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५९ रन बनाए । लेगा सियाका ३०, असाद भाला २१, टोनी उरा १३, सेसे बाउ १४, राइली हेकुरे २६, नोर्मन भानुआ र चाद सोपर १९–१९ रनमा आउट भए ।

ओमानका बिलाल खानले १० ओभरमा २ मेडनसहित ३९ रन खर्चेर ३ विकेट लिए । फैज बट र नेस्टर धम्बाले २–२ विकेट लिए । ओमान ३० खेलमा १८ मा जित र १० मा हार सहित ३८ अंकका साथ शीर्षस्थानमा छ ।

पीएनजी १८ खेलमा १ मा जित र १७ मा हारका साथ पुछारमा छ । आज पीएनजी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । नेपालले जुनमा अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्नेछ ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.