3 years ago
April 20, 2022
एजेन्सी – विश्व क्रिकेटका आक्रामक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । पोलार्डले सामाजिक सन्जालमार्फत बुधबार सन्न्यासको घोषणा गरेका छन् ।
वेस्टइन्डिजको सिमित ओभरको कप्तान समेत रहेका पोलार्डले पछिल्लो समय कमजोर प्रदर्शनपनि सन्न्यास लिने निर्णय लिएका हुन् । वेस्टइन्डिजले २०१२ र २०१६ मा टि२० विश्वकप जित्दा उनी टोलीका सदस्य थिए । ३४ वर्षीय पोलार्डले वेस्टइन्डिजबाट १ सय २३ ओडिआई र १ सय १ टि२० आई खेल खेलेका छन् ।
पोलार्डले ओडिआईमा ३ शतक र १३ अर्धशतकसहित २ हजार ७ सय ६ रन बनाउनुको साथै ५५ विकेट लिएका छन् । टि२० आईमा ६ अर्धशतकसहित १ हजार ५ सय ६९ रन बनाउँदा ४२ विकेट लिएका छन् । पोलार्डले ५ सय ८७ टि२० क्रिकेटमा १ शतक र ५६ अर्धशतकसहित ११ हजार ५ सय ९ रन बनाउनुको साथै ३ सय ५ विकेट लिएका छन् ।
पोलार्ड तल्लोक्रममा विष्फोटक ब्याटिङ गर्दा मध्यगतिमा बलिङ गर्ने गर्दछन् । गतवर्ष टि२० विश्वकपमा खराब नतिजापछि पोलार्डलाई कप्तानी छाड्न दबाब पनि पर्दै आएको थियो । पोलार्डले २०१९ मा ओडिआई र टि२० आई दुबैको कप्तानी सम्हाल्लेका थिए । समग्रमा पोलार्डले वेस्टइन्डिजबाट टि२० आई र ओडिआईमा गरि ६१ खेलमा नेतृत्व गर्दा २५ मा जित र ३१ खेलमा हार बेहोरेका थिए ।
पोलार्डको सन्न्याससँगै वेस्टइन्डिजको सिमित ओभरको कप्तानी निकोलस पुरनले गर्ने सम्भावना उच्च छ । पुरन वेस्टइन्डिजको उपकप्तान हुन् । पोलार्डको अनुपस्थितमा पुरनले कप्तानी गरि सकेका छन् । बायाँ हाते विकेटकिपर पुरन युवा पुस्ताका एक उत्कृष्ट कप्तान र आक्रामक ब्याटर हुन् ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]