3 years ago
April 20, 2022
एजेन्सी – ओपनर डेविड वार्नर र पृथ्वी शाको आक्रामक ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।
जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा डेविड वार्नर ३० बलमा १० चौका र १ छक्कासहित ६० रनमा अविजित रहे ।
शा २० बलमा ७ चौका र १ छक्कासहित ४१ रनमा आउट भए । शरफराज खान १२ रनमा अविजित रहे । पहिलो विकेटका लागि वार्नर र शाले मात्र ६.३ ओभरमा ८३ रनको विष्फोटक सुरुवात दिलाउँदै तेस्रो जित पक्का गरेका थिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब २० ओभरमा १ सय १५ रनमा अल आउट भयो । पन्जाबको जितेश शर्माले २३ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । कप्तान मयंक अग्रवाल १५ बलमा ४ चौकासहित २४ रनमा आउट भए ।
शिखर धवन र जोनी बेयरस्टो ९–९ रनमा आउट भए । लियाम लिभिङस्टोन २, शाहरुख खान १२ र कागिसो रबाडा २ रनमा आउट भए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २–२ विकेट लिए ।
अंक तालिका
गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ ।
दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ ।
कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ६ खेलमा १ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।