3 years ago
April 21, 2022
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा श्रीलंका युवा तीव्र गतिका बलर माथिसा पाथिराना (जुनियर मलिङ्गा) लाई भित्र्याएको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते भएपछि चेन्नईले २० लाख भारुमा माथिसालाई अनुबन्ध गरेको जनाएको छ ।
१९ वर्षीय माथिसाले श्रीलंकाबाट २०२० र २०२२ मा यू–१९ विश्वकप खेलेका थिए । उनी तीव्र गतिसँगै योर्करका लागि चिनिन्छन् । उनको बलिङ शैली श्रीलंका पूर्व सफल तीव्र गतिका बलर लासिथ मलिङ्गासँग मिल्ने हुँदा जुनियर मलिङ्गाको नामले चर्चित छन् । २०२२ को यू–१९ विश्वकपमा उनले ७ विकेट लिएका थिए ।
गत डिसेम्बरमा भएको यू–१९ विश्वकपमा श्रीलंकाले नेपाललाई ६० रनले हराउँदा उनले ३ विकेट लिएका थिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहर यस प्रतियोगिता नै नखेली बाहिरिएका छन् । चेन्नईको बलिङ आक्रामण भने यस सिजनमा कमजोर छ । चेन्नई ६ खेलमा ५ मा हार र १ मा जित सहित नवौं स्थानमा छ ।
पछिल्लो खेलमा चेन्नई गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएको थियो । ड्वेन ब्राभो, क्रिस जोर्डन र मुकेश चौधरीलाई तीव्र गतिको बलरमा खेलाएको थियो । जोर्डनले ३.५ ओभरमा ५८ रन खर्चेका थिए । उनको स्थानमा ड्वेन प्रिटोरियसलाई खेलाउन सक्छ । माथिसा उपलब्ध भएसँगै चेन्नईको प्लेइङ–११ मा खेल्ने देखिन्छ । जोर्डन र प्रिटोरियस मात्र विदेशी तीव्र गतिका बलर हुन् ।
चेन्नईमा श्रीलंकाकै स्पिनर महेश थिक्सनाले सानदार प्रदर्शन गरेका छन् । थिक्सनाले सानदार प्रदर्शन गरेपछि चेन्नईले श्रीलंकाकै खेलाडी भित्र्याएको हो । माथिसा नयाँ खेलाडी हुँदा आइपिएलमा हतियारको रुपमा प्रयोग गर्नसक्छ । चेन्नईले आज पुछारमा रहेको मुम्बई इन्डियन्ससँग खेल्दैछ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।