3 years ago
April 22, 2022
एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान रविन्द्र जडेजाले महेन्द्रसिंह धोनीले अन्तिम बल सम्म क्रिजमा रहेमा खेल जित्नेमा विश्वास रहेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३३ औं खेलमा बिहीबार चेन्नईले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्यो ।
चेन्नईलाई अन्तिम ४ बलमा जितको लागि १६ रन चाहिँएको अवस्थामा अन्तिम बलमा चौका प्रहार गर्दै जित दिलाएका थिए । ‘हेर्नुस् जसरी खेल अघि बढेको थियो निकै दबाबमा थिए । मेरो अनुसार त्यस समयमा दुबै डग आउटमा दबाबमा हुनुपर्छ । किनभने विश्वका उत्कृष्ट फिनिसर क्रिजमा थिए, जडेजाले खेलपछि भने । त्यसैमा थपे, ‘हामीलाई थाहा थियो । यदि धोनी अन्तिमबल सम्म रहन्छन् भने पक्कैपनि त्यो खेल जिताएर आउछन् ।’
‘मलाई यति धेरै विश्वास थियो कि धोनीले अन्तिम दुई तीन बलमा कहिल्यै मिस गर्दैनन् । उनी रहेमा खेल अन्त्य गरेर आउँछन् । भाग्र्यले त्यहिँ भयो । धोनीले भारत र आइपिएलमा धेरै खेल जिताए । मलाई खेल सकाएर आउँछन् भन्ने थाहा थियो,’ जडेजाले खुसी हुँदै भने ।
धोनीले गत वर्षनै भारतीय क्रिकेटबाट सन्न्यास लिई सकेका छन् । क्रिकेट करिअरको अन्तिम समयतिर रहेका धोनीले यसै सिजनमार्फत चेन्नईको कप्तानी जडेजालाई हस्तान्तरण गरेका थिए । ‘माहीभाइको मैले यस्ता धेरै खेल जिताएको देखेको छु । अझै पनि उनमा क्रिकेटको भोक छ । त्यो देख्दा धेरै खुसी लाग्छ’, उनले भने । ४० वर्षीय धोनीको प्रदर्शनलाई लिएर विश्वभरबाट चौतर्फी प्रशंसा भएको छ ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ६ बलमा चेन्नईलाई १७ रन चाहिँएको थियो । धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै जित पक्का गराए ।
पहिलो बलमै जयदेव उनादकटले ड्वेन प्रिटोरियसलाई २२ रनमा एलबीडब्लु आउट गरे । अर्को बलमा ब्राभोले महेन्द्रसिंह धोनीलाई स्ट्राइक दिए । त्यसपछि धोनीले आफ्नो जादु देखाए । धोनीले तेस्रो बल लङअफमा छक्का प्रहार गरेपछि बाँकी ३ बलमा १० रन जितको लागि चाहिँएको थियो ।
धोनीले चौथो बलमा फाइन लेगमा चौका प्रहार गरे । धोनीले पाँचौं बलमा दुई रन बटुले । अन्तिम बलमा चार रन चाहिँएको अवस्थामा धोनीले चौका प्रहार गर्दै रोमान्चक जित दिलाए । चेन्नईका लागि अम्बाती रायुडूले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । महेन्द्रसिंह धोनी १३ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे । मुम्बईका तीव्र गतिका बलर ड्यानियल साम्सले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका मध्यक्रमका ब्याटर तिलक बर्माले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले ।
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्समाथि सहज जितका साथ सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । बुधवारको पहिलो खेलमा जनकपुरलाई ७२ रनले हराउँदै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो । १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र जोड्न सक्यो । यो एनपिएलमा […]