default_image

2 years ago

April 25, 2022

क्यानले नेपाल टि२० लिग आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ । नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल […]

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना घोषणा गरेको छ ।

नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ । सेभेन थ्रि स्पोर्ट्ससँग सम्झौता १० वर्ष भएपनि दुई वर्ष घटाउँदै ८ वर्षमा झारेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टि२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ ।

कप्तान सन्दीप लामिछानेले युवा खेलाडीलाई सहयोग पुग्ने बताउँछन् । ‘स्वागत छ, नेपाल टि२० ले क्रिकेट खेल्न चाहने युवा खेलाडीहरुको लागि आमन्त्रण गर्नेछ । यसले क्रिकेट विकास, उत्कृष्ट प्रशिक्षक र स्टाफबाट सिकाउनेछ,’ सन्दीपले भनेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० ले क्रिकेट विकासकोसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउँछन् । खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेटमात्र नभएर समग्र आर्थिक विकास हुने बताउँछन् ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.