default_image

3 years ago

April 27, 2022

नेपालले पहिलो खेल ओमानसँग खेल्ने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।

नेपालले अमेरिकापछि उतैबाट स्कटल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ । आइसिसी विश्ववकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच सिरिज हुनेछ । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

नेपाल हाल भने घरेलु मैदानमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । लिष्ट ए र टि२० मान्यता नहुँदा यो सिरिज अभ्यास सरह हुनेछ । नेपाल र जिम्बावे ए बीच पहिलो एक दिवसिय खेल शनिबार टियु मैदानमा हुनेछ ।
अमेरिकामा नेपालको खेल तालिका –


जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

नेपाल र जिम्बावे ए सँगको तालिका

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल

वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल

वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल

वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल

वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.