3 years ago
April 29, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको सिनियर टोलीको बाटो बन्द नभएको बताएका छन् । शनिबार जिम्बावे ए सँग पहिलो एकदिवसिय अभ्यास खेल खेल्नु अघि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘ज्ञानेन्द्रको बाटो बन्द भन्दापनि तपाईंहरुले कुन तरिकाले लिनुहुन्छ मलाई थाहा छैन । यो कुनैपनि युवा स्टारको लागि आफूलाई प्रमाणित गर्ने अमेरिका भ्रमण जानुअघि एउटा राम्रो अवसर हो । बाटो चाहिँ कसैको लागि पनि बन्द भएको छैन । सबैको लागि ढोका खुल्ला नै छ । शरद दाइ पनि टोलीमा हुनु हुँदैन’, सन्दीपले भने ।
‘पक्कैपनि सवै जनाको लागि ढोका खुल्लानै छ । कुनै युवा खेलाडी आफूलाई प्रमाणित गर्न सक्छ भने त्यो टोलीको लागि राम्रो संकेत हो’, उनले भने । सन्दीपले नेपालको लक्ष्य दुबै सिरिज जितेर राम्रो गर्ने बताए ।
नेपाल आएको जिम्बावे ए को टोलीमा ८ सिनियर टोलीबाट खेलेका खेलाडी छन् ।’ जिम्बावेको राम्रो टोली छ । हामी पनि युवा टोली हौं । हामीले सकेसम्म सबै अवसरलाई सदुपयोग गरेर वहाँहरुको खेलाडीबाट सिक्न पर्ने छौं,’ जिम्बावेको टोली बारे उनले भने ।
ज्ञानेन्द्र पछिल्लो समय नेपाली टोलीमा अघिल्लो महिना युएईमा सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक ओडिआई सिरिजमा थिए । लगातार कमजोर प्रदर्शनपछि नेपालले उनलाई अघिल्लो महिना घरेलु मैदान टियुमा सम्पन्न पपुवा न्युगिनी र मलेसियासँगको टि२० आई त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा विश्राम दिएको जनाएको थियो ।
नेपालले जिम्बावे ए सँग खेल्ने तीन एकदिवसिय अभ्यास खेलको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ । नेपालले पहिलो खेल शनिबार खेल्नेछ ।
जिम्बावे ए सँग खेल्ने नेपालको एकदिवसिय टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।
नेपाल आउने जिम्बावे ए को टोली :
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।
नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल
वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]