default_image

2 years ago

April 30, 2022

नेपालले जिम्बावे ए सँग खेल्दै, कडा प्रतिस्पर्धाको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन एकदिवसिय अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । नेपाल […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज जिम्बावे ए सँगको तीन एकदिवसिय अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो ।

यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

अघिल्लो महिना सानदार प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेलको असली परिक्षा हुनेछ । रोहितले पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा १ सय २६ र दीपेन्द्रले दोस्रो ओडिआईमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उच्च लयमा रहेका दीपेन्द्रको असली परिक्षा हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन विना नेपालको जित भने कठिन देखिन्छ ।

नेपालको ओपनिङ सुनिल धमला र कुशल भुर्तेलले गर्ने सम्भावना छ । धमला एकदिवसिय खेलाडी हुन् । तर २०१७ पछि नेपाली टोलीबाट खेलेका छैनन् । धमलालाई नेपाली राष्ट्रिय टोलीमा पूनरागमन गर्ने राम्रो अवसर हुनेछ । रोहितले तेस्रो र दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । नेपाल उनीहरुबाट सानदार प्रदर्शन चाहन्छ ।

पाँचौं नम्बरमा आरिफ शेख र छैटौंमा विकेटकिपर विनोद भण्डारी हुनेछन् । नेपालले करण केसी र सोमपाल कामीलाई प्रमुख बलरको रुपमा खेलाउनेछ । करण राम्रो लयमा छन् । आदिल अन्सारीलाई अलराउन्डरको रुपमा खेलाउने सम्भावना छ । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । सन्दीप र सुशान भारी स्पिनरको रुपमा खेल्ने सम्भावना छ ।

यता जिम्बावे ए मा रहेका खेलाडीलाई सिनियर टोलीमा पर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । २७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए ।

उनले २०१६ मा ५.१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो । २९ वर्षीय न्याउची भिक्टरले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । यी दुई बलरको सामना गर्न नेपाललाई सहज भने हुने छैन ।

जिम्बावेबाट खेलि सकेका युवा लेग स्पिनर तथा मभुता ब्रेन्डन पनि हाबी बन्न सक्छन् । कप्तान टिनोटेन्डा मुटोम्बोड्जी, तडिवानासे मरुमणि र क्याम्पबेल जोनाथन उसका ब्याटर हुन् । सिनियर टोलीबाट ८ खेलेका खेलाडी हुँदा बलियो टोली देखिन्छ । नेपाललाई यो सिरिजमा गुमाउन केहि छैन । युवा खेलाडीलाई मौका दिँदै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछ । दबाब नहुँदा खुलेर स्वतन्त्र रुपमा आफ्नो शैलीको खेल खेल्ने अवसर हुनेछ ।

जिम्बावे ए सँग खेल्ने नेपालको एकदिवसिय टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए सँगको तालिका

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल

वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल

वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल

वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल

वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

Success

Thank you for your time.