default_image

2 years ago

April 30, 2022

रुविना र सीतालाई क्यानको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगरलाई बिदाई गरेको छ । क्यानले शनिबार बिहान टियु मैदानमा रुविना र सीतालाई एक कार्यक्रमकाबीच बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगरलाई बिदाई गरेको छ ।

क्यानले शनिबार बिहान टियु मैदानमा रुविना र सीतालाई एक कार्यक्रमकाबीच बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्क्ष रोशन सिंह, महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टामटा र फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतका थिए । रुविना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन् ।

रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । प्रतियोगिता ६ टोली हुँदा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन् । रुविनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नेछन् ।

प्रतियोगिता ४ मे देखि १५ सम्म दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुल १९ खेल हुनेछन् । सीताको टोलीमा कप्तान टेलरसँगै न्युजिल्यान्डकी चर्चित ब्याटर शोफी डेभनी, न्युजिल्यान्डकी क्याटी मार्टिन, पाकिस्तानकी अलिया रियाज र दक्षिण अफ्रिकाकी सुने लुस जस्ता विश्व चर्चित खेलाडी छन् । रुविनाको टोली द बेर्मी आर्मीमा हेदरसँगै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड, पाकिस्तानकी फतिमा सना र वेस्टइन्डिजकी डिआन्ड्रा डोटिन जस्ता खेलाडी छन् ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.