default_image

2 years ago

May 1, 2022

जिम्बावे ए का कप्तान टोनीको नेपालविरुद्ध विष्फोटक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गाले नेपालसँगको पहिलो टि२० अभ्यास खेलमा विष्फोटक अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १४.२ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । जिम्बावेका कप्तान टोनी मुनयोङ्गा २३ बलमा ७ छक्कासहित ५० रनमा आउट […]

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गाले नेपालसँगको पहिलो टि२० अभ्यास खेलमा विष्फोटक अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १४.२ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ ।


जिम्बावेका कप्तान टोनी मुनयोङ्गा २३ बलमा ७ छक्कासहित ५० रनमा आउट भएका छन् । ओपनर तडिवानाशे मरुमानी ३३ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा अविजित छन् ।

ओपनर इन्सेन्ट कैयाले ३० बलमा ९ चौका सहित ४७ रनमा आउट भए । पहिलो विकेटका लाग मरुमानी र कैयाले ८.४ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

सन्दीपले कैयालाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछि मरुमानी र टोनीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । टोनीलाई स्पिनर बसिर अहमदले कट एण्ड बोल्ड आउट गरे ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओेभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.