default_image

2 years ago

May 2, 2022

नेपालले जिम्बावे ए सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ । […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ ।

पहिलो खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो । कप्तान टोनी मुन्योंगाले २३ बलमा ७ छक्कासहित ५० रन बनाउँदै सहज जित दिलाएका थिए । ओपनर तडिवानाशे मरुमानीले ५६ रनको इनिङ खेलेका थिए । ओपनर इन्सेन्ट कैयाले पनि राम्रो सुरुवात दिएका थिए । नेपाली बलिङविरुद्ध टियुको ब्याटिङ सहयोगी पिचमा खुलेर रन बनाएका थिए ।

पहिलो खेलमा खराब बलिङ गर्नेक्रममा सन्दीपले ४ ओभरमा ५० रन र अभिनाश बोहराले २ ओभरमा ३० रन खर्चेका थिए ।
नेपालले आज अभिनाशकोे स्थानमा किशोर महतोलाई मौका दिनसक्छ । आरिफ शेखको स्थानमा विवेक यादवलाई खेलाउन सक्छ । ओपनर आसिफ शेख रन बनाउन संघर्ष गरेका छन् ।

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले राम्रो प्रदर्शन गर्दै आएका छन् । यी ब्याटरलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । अभ्यास खेल हुँदा बिना दबाबमा खेल्न आवश्यक देखिन्छ ।

तर आज नेपाल र जिम्बावेबीचको खेल वर्षाको कारण प्रभावित हुनसक्ने सम्भावना छ । काठमाडौंमा सोमबार विहान सामान्य वर्षा भएको छ । दिउँसो पनि वर्षाको सम्भावना छ ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.