default_image

2 years ago

May 2, 2022

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई मौका […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई मौका दिएको छ । आरिफ आजको खेलमा नेपालले बुझाएको अन्तिम लिष्टको सुचिमै छैनन् ।

नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ ।पहिलो खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो ।

कप्तान टोनी मुन्योंगाले २३ बलमा ७ छक्कासहित ५० रन बनाउँदै सहज जित दिलाएका थिए । ओपनर तडिवानाशे मरुमानीले ५६ रनको इनिङ खेलेका थिए । ओपनर इन्सेन्ट कैयाले पनि राम्रो सुरुवात दिएका थिए । नेपाली बलिङविरुद्ध टियुको ब्याटिङ सहयोगी पिचमा खुलेर रन बनाएका थिए ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.