काठमाडौं (हाम्रो खेदकुद) – नेपालले जिम्बावे ए सँगको तेस्रो टि२० अभ्यास खेलमा आक्रामक ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले सुरुवाती ६ ओभरमा कुनै विकेट नगुमाई ६२ रन बनाएको छ ।

नेपालका ओपनर आसिफ शेख २२ बलमा ८ चौकासहित ४२ रनमा अविजित छन् । कुशल भुर्तेल १५ बलमा १ चौका र १ छक्कासहित १८ रनमा अविजित छन् ।
त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।