default_image

2 years ago

May 4, 2022

आसिफको उत्कृष्ट ब्याटिङमा जिम्बावे ए माथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेदकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर […]

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेदकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए ।
कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका थिए बसिर अहमद १० रनमा आउट भए ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए । ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।

अव तीन एकदिवसिय अभ्यास खेल हुनेछ । नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय अभ्यास खेल शुक्रबार हुनेछ । एकदिवसिय सिरिजको लागि भने नेपालले फरक टोली घोषणा गरेको छ ।

नेपालको एकदिवसिय टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए बीचको खेल तालिक

वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे

वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे

वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.