default_image

2 years ago

May 4, 2022

चेन्नईलाई बेंगलोरको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । बेंगलोरका महिपाल लोमरले २७ बलमा ३ चौका […]

87 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

बेंगलोरका महिपाल लोमरले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । बेंगलोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

मोईन अलीको बलमा बोल्ड हुनुअघि कोहलीले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । डु प्लेसिसले २२ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए ।

ग्लेन म्याक्सवेल ३, साजत पाटिदर २१ र दीनेश कार्तिक २६ रनमा आउट भए । चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । मोईन अलीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.