default_image

2 years ago

May 5, 2022

सीताको कसिलो बलिङमा फेयर ब्रेकमा टोर्नाडोसको विजयी सुरुवात

एजेन्सी – नेपाली क्रिकेट टोलीकी बायाँ हाते अलराउन्डर सीता रानामगरको कसिलो बलिङमा टोर्नाडोस वुमन्सले फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सीता सम्मिलित टोर्नाडोसले साफायर वुमन्सलाई १७ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको साफायरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

51 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीकी बायाँ हाते अलराउन्डर सीता रानामगरको कसिलो बलिङमा टोर्नाडोस वुमन्सले फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सीता सम्मिलित टोर्नाडोसले साफायर वुमन्सलाई १७ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको साफायरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २ रन बनायो । उसका लागि बाबेट डि लिडेले १४ बलमा ४ चौकासहित सर्वाधिक २४ रन बनाइन् । गेबी लेविसले ३४ बलमा २ चौकासहित २२, कप्तान साना मिरले १८ र तश फर्नाटले ११ रन बनाइन् । सीताले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । डायना बैग र विनिफ्रेड डुरईसिंगाले २-२ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस हारेर ब्याटिङ थालेको टोर्नाडोस वुमन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । उसका लागि स्टेरे कलिसले २९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाइन् । सीताले भने ब्याटिङको अवसर पाएकी थिइनन् ।

कप्तान स्टेफनी टेलर १९, एलिया रियाज २०, क्याटी मार्टिन २२ र शोफी डेवनी १० रनमा आउट भइन् । साफायरकी शवनिम इस्माइलले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । गीतिका कोडालीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । नेपाली रुविना सम्मिलित ब्यारी आर्मी वुमन्सले केहि समयपछि स्प्रिट वुमन्ससग खेल्दैछ ।

यस्तो रह्यो सीताको चार ओभर

सीतालाई नवौं ओभरमा ब्याटिङमा ल्याएको थियो । उनले आफ्नो पहिलो ओभरमा मात्र पाँच रन खर्चेकी थिइन् । ११ औं ओभरमा सीताले ६ रन खर्चिन् । पहिलो बलमा उनलाई गेवी लुइसले चौका प्रहार गरेपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ मात्र दुई रन खर्चेकी थिइन् ।

१३ औं ओभरमा १ विकेट सहित ६ रन मात्र खर्चिन् । उनलाई लेविसले तेस्रो बलमा चौका प्रहार गरेकी थिइन् । अर्को बलमा उनलाई २२ रनमा एलबीडब्लू आउट गर्दै महत्वपूर्ण विकेट दिलाएकी थिइन् । ३६ बलमा जितको लागि ४२ रन चाहिँएको अवस्थामा सीताले १५ औं ओभरमा २ रन मात्र खर्चेपछि जितको आशा बढेको थियो । सीताले कुल ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । उनले १२ बल डट राखेकी थिइन् ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.