default_image

2 years ago

May 7, 2022

नेपालको सानदार बलिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा सानदार बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ले ८ ओभरमा २५ रन बनाउन ४ विकेट गुमाएको छ । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको दोस्रो अभ्यास खेलमा सानदार बलिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ले ८ ओभरमा २५ रन बनाउन ४ विकेट गुमाएको छ ।

तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए । चौथो ओभरको पाँचौं बलमा सोमपाल कामीले तडिवानाशे मरुमानीलाई ४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

करण केसीले अर्को ओभरमा चेपाश झुवाओलाई १० रनमा आसिफबाट क्याच गराए । सोमपाल कामीले रोय कैयालाई ४ रनमा बोल्ड आउट गरेपछि जिम्बावे ए ७.२ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.