default_image

2 years ago

May 7, 2022

बोल्नै छाडे कप्तानसहित राष्ट्रिय क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर मिडियासँग पोस्ट म्याच कन्फरेन्समा बोल्न छाडेका छन् । दीपेन्द्रसिंह ऐरी, करण केसीसहित केहि खेलाडीले खेलपछि हुने कन्फरेन्समा सार्वजनिक मिडियामा बोल्न अस्वीकार गर्न थालेको धेरै समय भइसकेको छ । कप्तान सन्दीप लामिछाने भने यसअघि लगातार मिडियामा आएर खुलेर बोलेका थिए । तर पछिल्ला दुई खेलमा […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर मिडियासँग पोस्ट म्याच कन्फरेन्समा बोल्न छाडेका छन् । दीपेन्द्रसिंह ऐरी, करण केसीसहित केहि खेलाडीले खेलपछि हुने कन्फरेन्समा सार्वजनिक मिडियामा बोल्न अस्वीकार गर्न थालेको धेरै समय भइसकेको छ । कप्तान सन्दीप लामिछाने भने यसअघि लगातार मिडियामा आएर खुलेर बोलेका थिए । तर पछिल्ला दुई खेलमा सन्दीपले पनि नबोल्ने भन्दै टाढा भएका छन् ।

केहि महिनाअघि नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन उल्लंघनको आरोपमा तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि केहि खेलाडी मिडियादेखि टाढा रहे । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गत फागुनमा टि२० विश्वकप छनोट र अघिल्लो महिना घरेलु त्रिकोणात्मक टि२० आई सिरिजमा सानदार प्रदर्शन गर्दा बारम्बार आग्रहका बाबजुद खेलपछि पोस्ट म्याच कन्फरेन्समा मिडियासँग बोलेनन् ।

अघिल्लो महिना पीएनजीसँग दोस्रो ओडिआईमा १ सय ५ रन र मलेसियासँग टि२० आईमा कीर्तिमानी १ सय १० रनको शतकीय इनिङ खेल्दा प्रशिक्षक पुबुदु दासानायकेले बोल्न आग्रह गरे । तर दिपेन्द्रले मानेनन् । उत्कृष्ट प्रदर्शनमा समर्थक पनि खेलाडीको त्यो मोमेन्ट लगायत धेरै कुरा सुन्न चाहन्छन् । त्यसको माध्यम मिडियानै हो । दीपेन्द्रले सिरिजपछि आफूले चाहेको केहि सिमित मिडियालाई एकल अन्तर्वार्ता दिए ।

पीएनजीसँग दोस्रो टि२० आईमा करणले ह्याट्रिकसहित पाँच विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरे । तर करण बोल्न आएनन् । पछि पुबुदुको आग्रहपछि पोस्ट म्याच कन्फरेन्समा आएर बोले । मिडियासँग खेलाडी किन बोल्न चाहँदैनन् सन्दीप बाहेक अन्यले कारण बताउन भने सकेका छैनन् ।

अघिल्लो महिना मलेसियासँग दोस्रो खेलपछि खेलाडी मिडियासँग नबोल्नुमा कुनै कारण छ भन्ने प्रश्नमा सन्दीपले भनेका थिए, ‘मलाई थाहा छैन । मैले कहिल्यै पनि त्यस्तो गरेको छैन । प्लेयर अफ द मुमेन्ट जो कोहि खेलाडीलाई बोलाउनु हुन्छ भने म फकाउन प्रयास गर्ने छु । कतिपय खेलाडीहरुलाई मिडियाको सामु बोल्न अप्ठारो पनि हुन्छ । बरु उनीहरुको सट्टामा मलाई दुई पटक बोलाएपनि हुन्छ ।’

तर सन्दीपले आफ्नो भनाई एक महिनामै तोडेका छन् । दुई पटक होईन एकै पटक पनि नआउने अडान लिएका छन् । आइतबार नेपाल जिम्बावे एसँग पहिलो टि२० अभ्यास खेलमा ८ विकेटले पराजित भयो । त्यसपछि पोस्ट म्याच कन्फरेन्समा पत्रकारले प्रश्न सोध्ने क्रममा सन्दीपले आफूलाई ‘सन्दीपजी ‘ भनेर सम्बोधन गर्नुपर्ने बताएका थिए ।

लगत्तै अर्को प्रश्नमा उत्तर दिँदा पत्रकार दिर्घामा केही आवाज निस्कँदा उनी केहि आक्रोशित भए र शान्त रहेर सम्मान गर्न भने । त्यसपछि संयम रुपमा पत्रकार सम्मेलन सकियो । बाँकी दुई टि२० खेलमा सन्दीपले नियमित कुराकानी गरे । तर शुक्रबार र शनिबार जिम्बावे एसँगको पहिलो र दोस्रो एकदिवसिय अभ्यास नतिजापछि पत्रकारसँग नबोल्ने जनाए ।

क्रिकेटमात्र होईन कुनैपनि खेल सकिएपछि मिडिया कन्फ्रेन्समा कप्तान वा मिडियाले बोलाएको खेलाडीले जवाफ दिनुपर्ने विश्वभर नियम नै छ । यदि कारणवस कप्तान उपलब्ध हुन नसकेमा उपकप्तानले जवाफ दिनुपर्छ । खेलाडी राम्रो प्रदर्शन गर्दा बोल्नुपर्ने हुन्छ । तर कप्तानले हार होस् वा जित हरेक खेलपछि पत्रकारले खेलको क्रममा सोधेको प्रश्नको जवाफ दिनसक्नुपर्छ । सार्वजनिक रुपमा प्रस्तुत हुने गुण पनि कप्तानमा हुनुपर्छ ।

सन्दीपले उक्त पत्रकार सम्मेलनको भिडियो फुटेज सामाजिक सञ्जालमा राख्ने पत्रकार पोस्ट म्याचमा हुँदासम्म नबोल्ने जवाफ दिएको क्यान मिडिया कमिटिले जनाएको छ । नेपाल जिम्बावे ए सँग पहिलो एकदिवसिय अभ्यास खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ९ विकेटले विजयी भयो । सन्दीपमात्र होईन प्लेयर अफ द म्याच करणले पनि नबोल्ने आफ्नो अडानलाई निरन्तरता दिए ।

सन्दीप एक स्टार खेलाडीमात्र होईनन्, नेपाली क्रिकेट टोलीका कप्तान हुन् । उनले बोल्ने हरेक शब्दले धेरै फरक र प्रभाव पार्छ । त्यसैले पहिला संयमित हुनुपर्छ । सन्दीपलाई कसैले गाली नै गर्यो भने पनि त्यो समयमा संयमित हुनुनै सबैभन्दा ठूलो बुद्धिमानी हो । कप्तान भएपछि दबाब, आलोचना, गाली सबैको सामना गर्नसक्नुपर्छ । सामाजिक सञ्जालको प्रतिक्रियाको यतिसम्म गम्भीर रुपमा नलिन पर्ने हो ।

सामाजिक सञ्जालको काम समर्थकहरुले आलोचना र प्रशंसामा बढी प्रयोग गर्दछन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर विनोद भण्डारी नेपाली क्रिकेटमा ट्रोल र आलोचना सिकार बन्ने सर्वाधिक खेलाडी हुन् । तर यी दुवै क्रिकेटरले सामाजिक सञ्जालको प्रतिक्रियालाई वेवास्ता गर्दै आएका छन् ।

खेलाडीले आफूलाई विवाद लाग्ने वा चित्त नबुझेको कुराको जवाफ दिँदैन भने भन्न पाउँछ । क्रिकेटमात्र होईन विश्वभर खेलपछि कप्तान, अन्य खेलाडी र प्रशिक्षकले मिडियाको माग अनुसार जवाफ दिनुपर्छ । सन्दीपले पत्रकार र पत्रकारितालाई आफ्नो आलोचनाबाट रोक्न र छेक्न सक्दैनन् ।

सबैभन्दा राम्रो उपाय शान्त, संयमित र बुद्धिमानिका साथ उत्तर दिनु हो । कप्तान भइसकेपछि मिडियासँग बोल्दिन भनेर आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैनन् । सन्दीप नबोल्ने हो भने क्यानले उपकप्तान घोषणा गर्नुपर्छ । उपकप्तानलाई जवाफ दिन लगाउनुपर्छ ।

जित होस् वा हार खेलपछि प्रश्न हुन्छन् । ति प्रश्नको जवाफ सम्बन्धित व्यक्तिले दिनुपर्छ । कि त मिडियाको प्रश्नको सामना नै गर्न सक्ने खुबी छैन भनेर खेलाडी, क्यान र कप्तानले भन्न सक्नुपर्छ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.