default_image

2 years ago

May 7, 2022

पन्जाबमाथि राजस्थानको सानदार जित

एजेन्सी – ओपनर यशस्वी जैसवाल र स्पिनर युजभेन्द्र चहल चम्कदा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै राजस्थानले सातौं जितका साथ प्लेअफको सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ४ विकेट गुमाउँदै […]

57 views

0 Bookmark

एजेन्सी – ओपनर यशस्वी जैसवाल र स्पिनर युजभेन्द्र चहल चम्कदा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित हात पारेको छ ।

योसँगै राजस्थानले सातौं जितका साथ प्लेअफको सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा ओपनर यशस्वी जैसवालले ४१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए ।

पहिलो विकेटका लागि जैसवाल र बटलरले ४ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । बटलर १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनमा आउट भए । सन्जु स्यामसन २३ रनमा आउट भए । देवदत्त पाडिक्कल ३२ बलमा ३ चौकासहित ३१ रनमा आउट भए । शिम्रन हेटमायर १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे ।

पन्जाबका अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र ऋषि धवनले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पन्जाबका ओपनर जोनी बेयरस्टोले ४० बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए ।

शिखर धवन १२, मयंक अग्रवाल १५ र भानुका राजपक्षे २७ रनमा आउट भए । लियाम लिभिङस्टोनले १४ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए । विकेटकिपर जितेश शर्मा १८ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे ।

राजस्थानका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले १–१ विकेट लिए । राजस्थानले अव तीन खेल खेल्न बाँकी छ । जसमा दुई खेल जितेको खण्डमा सहजै प्लेअफमा पुग्नेछ । एक खेल जितेको खण्डमा भने नेटरनरेट र अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । राजस्थानले ११ मे मा दिल्ली, १५ मेमा लखनऊ र २० मे मा चेन्नईसँग खेल्न बाँकी छ ।


पन्जाबको भने प्लेअफ सम्भावना कठिन बनेको छ । पन्जाब प्ले अफमा पुग्न बाँकी तीन खेलमा जित हात पार्नुपर्ने हुन्छ । पन्जाबले अव १३ मेमा बेंगलोर, १६ मे मा दिल्ली र २२ मेमा हैदराबादसँग खेल्नेछ ।

अंक तालिका

गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद १० खेलमा ५ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ११ खेलमा ५ मा जित र ६ मा हार सातौं सहित स्थानमा छ ।

कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.