default_image

2 years ago

May 7, 2022

कोलकातामाथि सानदार जितसँगै लखनऊ शीर्षस्थानमा

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । लखनऊ आठौं जितका साथ १६ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिदै प्लेअफदेखि एककदम टाढा छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा अल […]

100 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको छ ।

लखनऊ आठौं जितका साथ १६ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिदै प्लेअफदेखि एककदम टाढा छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा अल आउट भयो । कोलकाताका आन्द्रे रसेलले १९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ४५ रनको इनिङ खेले ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सुनिल नारायणले १२ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । खराब ब्याटिङ गर्नेक्रममा कोलकाताका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाबा इन्द्रजित शून्य, आरोन फिन्च १४, नितिश राना २, रिन्कु सिंह र श्रेयस ऐर ६–६ रनमा आउट भए ।

लखनऊका आवेश खानले ३ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । जेसन होल्डरले २.३ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । मोहसिन खान, दुश्मन्था चामिरा र रवि विश्रोईले १-१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । ओपनर क्विन्टन डि कक २९ बलमा ४ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।

दीपक हुडाले २७ बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे । मार्कस स्टोइनिसले १४ बलमा १ चौका र ३ छक्कासहित २८ रन बनाए । स्टोइनिसले १९ औं ओभरमा शिवम माभीलाई लगातार तीन छक्का र होल्डरले अन्तिम बलमा दुई छक्का प्रहार गरेपछि एकै ओभरमा ३० रन बटुलेको थियो । लोकेश राहुल रोयल डक आउट, क्रुनाल पान्डे २५, आयुष बदोनी १५ र जेसन होल्डरले १३ रन बनाए ।

कोलकाताका आन्द्र रसेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । टिम साउथी, शिवम माभी र सुनिल नारायणले १–१ विकेट लिए ।

लखनऊले अव तीन खेल खेल्न बाँकी छ । एक खेलमा विजयी भए पनि प्लेअफमा पुग्नेछ । लखनऊले गुजरात टाइटन्ससँग मंगलबार, १५ मे मा राजस्थान रोयल्स र १८ मे मा कोलकातासँग खेल्नेछ ।

कोलकाताको भने अघिल्लो चरणको सम्भावना अंकगणीतिय मात्र बाँकी छ । कोलकाताले अव तीन खेल खेल्न बाँकी छ । तीन खेलमा विजयी हुँदा १४ अंक हुनेछ । १४ अंकका साथ प्लेअफमा पुग्न कठिन देखिन्छ ।

त्यसको लागि अन्य टोलीको नतिजा आफू अनुकुल आउनुपर्छ । कोलकाताले सोमबार मुम्बई इन्डियन्स, १४ मे मा सनराइजर्स हैदराबाद र १८ मे मा लखनऊसँग खेल्नेछ ।

अंक तालिका

लखनऊ ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका १६ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद १० खेलमा ५ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ११ खेलमा ५ मा जित र ६ मा हार सातौं सहित स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ९ खेलमा ४ मा जित र ७ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.