default_image

2 years ago

May 8, 2022

कश्मिरबाट भारतमा उदाएको उमरानको गति

द्वन्द्वले ग्रस्त क्षेत्र र हरेक पल त्रासमा बाँच्ने भारतको जम्मु एण्ड कश्मिरका बासिन्दाले खेलकुद मात्र एक मनोरञ्जन र समय बिताउन खेलेका हुन्छन् । बिरलै शान्त रहने उक्त क्षेत्रमा सायदै खेलकुदमा कसईले भविष्य देख्नेबारे सोच्न सक्छ । तर भनिन्छ प्रतिभालाई कसैले रोक्न सक्दैन । २२ वर्षीय तीव्र गतिका बलर उमरान मलिक त्यसका एक उदाहरण हुन् । […]

67 views

0 Bookmark

द्वन्द्वले ग्रस्त क्षेत्र र हरेक पल त्रासमा बाँच्ने भारतको जम्मु एण्ड कश्मिरका बासिन्दाले खेलकुद मात्र एक मनोरञ्जन र समय बिताउन खेलेका हुन्छन् । बिरलै शान्त रहने उक्त क्षेत्रमा सायदै खेलकुदमा कसईले भविष्य देख्नेबारे सोच्न सक्छ । तर भनिन्छ प्रतिभालाई कसैले रोक्न सक्दैन । २२ वर्षीय तीव्र गतिका बलर उमरान मलिक त्यसका एक उदाहरण हुन् ।

उमरानले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादबाट तीव्र रफ्तारमा बलिङ गर्दै विश्व क्रिकेटमाझ नै आफ्नो प्रभाव छाडेका छन् । उनी आइपिएलमा भारतबाट सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने बलर हुन् । कश्मिर देखि आइपिएल सम्मको यात्रा र संघर्ष भने प्रेरणादायी छ । एक समय उनीसँग यू-१९ छनोट खेल्दा क्रिकेट खेल्ने जुत्ता थिएन । आइपिएलबाट करोडपति मात्र होईन भारतीय क्रिकेटमा राज गर्दैछन् ।

उमरानले बिहीबार दिल्लीविरुद्ध २० औं ओभरको चौथो बलमा रोभम्यान पावेललाई १५७ प्रतिघण्टा किलोमिटरको गतिको बल गरे । जुन आइपिएल इतिहासकै दोस्रो सर्वाधिक गतिको बल थियो । सन् २०११ मा अष्ट्रेलिया शन शन टैटले राजस्थान रोयाल्सबाट दिल्ली क्यापिटल्सविरुद्ध १५७.७ को प्रतिघण्टाको गतिमा गरेका थिए । विश्व क्रिकेटमा सर्वाधिक गतिको बल पाकिस्तानका शोएब अख्तरको १६१.३ प्रतिघण्टा किलोमिटरमा गरेका छन् । जुन रेकर्ड तोड्न सक्ने संकेत उनले दिएका छन् ।

अघिल्लो साता हैदराबाद गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भयो । तर हारका बाबजुद उमरान ‘प्लेयर अफ द म्याच’ बने । उमरानले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । उनको गति र योर्करको चाल नपाउँदा चार खेलाडी बोल्ड भए । उनले १ सय ५० प्रतिकिलोमिटरमा गतिको नियमित बलिङ गर्ने गर्दछन् । एकपछि अर्को खेलमा गतिमा सुधार गरेका छन् । पन्जाब किंग्सविरुद्ध ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए ।

‘म सधैं तीव्र गतिमा बलिङ गर्न खोज्छु । राम्रो लाइन एण्ड लेन्थमा गर्न प्रयास गरेको छु । मैले योर्करमा आउट गर्ने योजना बनाएको थिएँ । मेरो मुख्य उदेश्य भनेको राम्रो बलिङका साथ विपक्षी टिमको विकेट लिनु हो’, गुजरातसँग हारपछि उमरानले भने ।

उमरानलाई दक्षिण अफ्रिका डेल स्टेन र पाकिस्तानका वकार युनिससँग पनि तुलना गर्दछन् । हैदराबादका बलिङ प्रशिक्षक स्टेनको प्रशिक्षणमा उनी झनै निखारिएका छन् । उमरानले गतवर्ष कोलकाताविरुद्ध डेब्यू गर्दा विकेट लिन नसकेपनि गतिको कारण चर्चामा आएका थिए । त्यस सिजनमा ४ खेल खेल्दै २ विकेट लिए । उमरानलाई यस सिजनमा हैदराबादले ४ करोड भारुमा रिटेन गरेको थियो ।

को हुन् उमरान मलिक ?

उमरानको जन्म सन् १९९९ नोभेम्बर २२ मा कश्मिरको श्रीनगरमा भएको हो । उनका बुबा अब्दुल राशिद एक फलफुल ब्यापारी हुन् । उमरानका दुई दिदी छन् । टेनिस बलमा खेलेर हुर्कंदै निखारिएका हुन् । उनले ड्युज (लेदर) को बल २०१८ देखि मात्र खेल्न लागेका हुन् ।

रातमा टेनिस बलको क्रिकेट हुन्थ्यो । क्रिकेट भनेपछि उनी सबै कुरा छाड्थे । जब उनी घर फर्किन्थे बुबाले राती १–२ बजे सम्म को क्रिकेट खेल्छ भनेर गाली गर्थे । बुबाको गालीमा केहि लज्जित हुन्थे । तर अर्को दिन फेरि पनि त्यसरीनै बित्थ्यो । जहाँ खाली ठाउँ भेटिन्थ्यो त्यहाँ उनीहरु क्रिकेट खेलिहाल्थे । कहिले हिलो त माटै माटो भएर घर फर्कन्थे । हात र खुट्टामा चोट लाग्थ्यो । त्यसको केहि प्रभाव हुने थिएन । उमरानको प्रतिभा देखेर सिनियरले स्टेडियममा गएर खेल्न सुझाव दिने गर्दथे ।

एक पटक यू–१९ टोलीको छनोट हुन लाग्यो । उनलाई लाग्थ्यो त्यहाँ खेल्ने धेरै राम्रा राम्रा खेलाडी हुन्छन् । आफू खेल्न सकिदैन । त्यतिकै एकदिन छनोटमा गएर बलिङ गरे । तर उनलाई छनोटकर्ताले क्रिकेट खेल्दा लगाउने जुत्ता खोई भनेर सोधे । पछि उनले त्यो जुत्ता किने । यू१९, यू२३ हुँदै मुश्ताक अली हुँदै आइपिएलको यात्रा तय गरेका थिए ।

अब्दुल सामद र कमरान इकवाल भारतको यू-१९ क्रिकेट खेलेर घर फर्किएका थिए । सामद हैदराबादका स्टार युवा अलराउन्डर हुन् । भारतको यू–१९ खेलेर आएका अब्दुल र कमरानलाई बोल्ड गरेपछि उमरानलाई पनि आफूले माथिल्लो स्तरको क्रिकेट खेल्न सक्नेमा विश्वास बढ्यो ।

उनी बस्ने ठाउँमा राम्रो मैदान होईन, बलिङ गर्न पुग्ने पिच थिएन । उनले २०१८ पछि पहिलो पटक टेनिस छाडेर लेदर बलमा अभ्यास गर्न थाले । उनले दुई वर्ष अब्दुल सामदसँग निरन्तर अभ्यास गरे । उनी एकदिन स्टेडियम गए । उनले पहिलो बलमै हतपत आउट नहुने नाम चलेका खेलाडी बोल्ड गरेपछि खेल्न सकिन्छ आत्माविश्वास आएको बताउँछन् ।

यू-१९ को छनोटमा जब उनले पहिलो बल फ्याले त्यसपछि छनोटकर्ताले सोधे यो कुन खेलाडी हो ? यतिधेरै तीव्र गतिमा बलिङ कसरी गरेको छ । तर उनी कुनैपनि क्लब र जिल्लाबाट छनोट खेलेका थिएनन् । त्यतिकै गएर बलिङ गरेका थिए । त्यसैले दोस्रो दिन उनी सर्ट लिष्टको छनोटमा थिएनन् । उनको गतीबाट प्रभावित हुँदै सुरुमै छनोटकर्ताले टिममा हुने विश्वास दिलाएका थिए ।

जस्प्रित बुमराहबाट प्रभावित उनी दिनभर योर्कर बलिङमा अभ्यास गर्थे । उनले गतवर्ष सैद मुश्ताक अली ट्रफीमा जम्मु कश्मिरबाट रेलवेविरुद्ध डेब्यू गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अब्दुल सामद उनका सबैभन्दा बढी मिल्ने साथी हुन् । उनी अब्दुललाई भाइभन्दा बढी मान्छन् । जम्मु कश्मिर, हैदराबाद र घरेलु क्रिकेटमा सँगै क्रिकेट खेल्ने गर्दछन् ।

हैदराबादले उनलाई टि नटराजनलाई कोरोना देखिएपछि टोलीमा उनको स्थानमा राखेको थियो । भारतीय घरेलु क्रिकेटमा भर्खर सुरुवात गरेका उनलाई हैदराबादको क्याम्प सम्म आउदा आइपिएल खेल्ने अर्कै स्तरका खेलाडी हुन्छन् भन्ने लागेको थियो । तर जब उनले नेटमा बलिङ गर्न थाले त्यसपछि मात्र आफू जस्तै हुने थाहा पाए ।

जम्मु कश्मिरबाट भारतीय टोलीमा परवेज रसुलले मात्र खेलेका छन् । त्यस क्षेत्रबाट हालसम्म उमरान, परभेज, मिथुन मन्हास, राशिक सलाम, अब्दुल सामद र मनजुर डरले आइपिएल सम्मको यात्रा गरेका छन् । वर्तमान समयमा भारतीय क्रिकेटमा १ सय ५० को आसपासको रफ्तारमा बलिङगर्ने एक दुईमात्र बलर छन् । उमरानलाई १ सय ५० को गति सामान्य कुरा हो । तर क्रिकेटमा गतिले मात्र पुग्दैन । आधुनिक क्रिकेटमा विश्वस्टार गतिबाट डराउँदैनन् ।

उमरानले आफ्नो गतिसँगै लाइन एण्ड लेन्थमा भने ध्यान दिनुपर्छ । पछिल्लो समय योर्करमा पनि राम्रो प्रभाव छाडेका छन् । उमेर बढ्दै जाँदा उनले आफ्नो गति पनि बढाउँनेछन् । त्यसैले उनलाई १ सय ६० माथिको गतीमा पनि फ्याँल्न सक्ने बलरको रुपमा हेरिएको छ । उमरानको मुख्य खुबी गती र योर्कर हो । लाइन एण्ड लेन्थ भने कमजोरीको रुपमा छ ।

गतवर्ष टि२० विश्वकपमा नेट बलरको रुपमा युएई गएका थिए । यस पटक पाँच महिनापछि अष्ट्रेलियामा हुने टि२० विश्वकपमा प्रमुख बलरको रुपमा जाने सम्भावना देखाएका छन् । त्यसको लागि विश्वकप अघि उनले पाउने मौकामा आफूलाई थप प्रमाणित गर्नुपर्छ ।

त्यसैपनि भारतीय क्रिकेटमा स्थान बनाउन कुनैपनि खेलाडीलाई सहज भने छैन । कडा मिहिनेत, लगातार उच्च प्रदर्शन, फिटनेशलाई ध्यानमा दिँदै चोटबाट बच्न सके उमरानले भारतमात्र नभएर विश्व क्रिकेटमै लामो समयसम्म गतिमा राज गर्न सक्ने युवा बलरको रुपमा देखिएका छन् ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.