3 years ago
May 9, 2022
एजेन्सी – युएईमा जारी फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगितामा सीता रानामगर सम्मिलित टोर्नाडोस वुमन्स रुविना क्षेत्री बेलबासे रहेको बार्मी आर्मी वुमन्ससँग ८ विकेटले पराजित भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको टोर्नाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । उसका लागि कप्तान स्टेफनी टेलरले ५४ बलमा ८ चौका र ३ छक्कासहित ७८ रनमा अविजित रहिन् । हारका बाबजुद उनी खेलको प्लेयर अफ द म्याच चुनिन् ।
सुने लुसले ५८ बलमा ७ चौका र १ छक्कासहित ६६ रनमा अविजित रहिन् । सुरुवाती दुई विकेट पाँच रन जोड्न गुमाएपनि लुस र टेलरले तेस्रो विकेटका लागि १ सय ४५ रनको अविजित शतकीय साझेदारी गरेका थिए । सुरुवाती दुबै विकेट रन आउट भएका थिए ।
जितका लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको बार्मी आर्मीले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बार्मीकी ओपनर डिएन्ड्रा डोटिनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५६ रनमा अविजित रहिन् । काविसा इगोडागेले ४२ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा आउट भइन् ।
लौरा वोल्भार्ड ८ रनमा आउट हुँदा कप्तान हेदर नाइट २० रनमा अविजित भइन् । दक्षिण अफ्रिका युवा स्टार लौरा सीता रानामगरको एलबीडब्लू आउटको सिकार बनेकी थिइन् । गत अप्रिलमा एकदिवसिय विश्वकपमा सानदार प्रदर्शन गरेकी लौराले ७४ वुमन्स ओडिआई र ३३ वुमन्स टि२० आई खेल खेलकी छिन् ।
क्लासले भरिपूर्ण २३ वर्षीय लौराले वुमन्स ओडिआईमा ३ शतक र २६ अर्धशतकसहित २ हजार ९ सय १५ रन बनाएकी छिन् । एकदिवसिय विश्वकपमा ८ खेलमा ५ अर्धशतकसहित ४ सय ३३ रन जोडेकी थिइन् ।
सीताले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रुविनलाई भने बार्मीले बेन्चमा राखेको थियो । सीताले तीन खेलमा २ विकेट लिएकी छिन् । बार्मीले अव मंगलबार साफायरसँग खेल्नेछ । टोर्नाडोसले बुधबार स्प्रिट वुमन्ससँग खेल्ने खेल तालिका छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।