3 years ago
May 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकाललाई बेन्चमा राखेको छ । बसिर अहमद र किशोर महतोलाई मौका दिएको छ ।
खेल ३३ (३३ ओभरको हुने छ । तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो । यस खेल खेल्ने टोलीले सिरिज पनि जित्नेछ । दुबै टोली सिरिजमा जितका साथ अन्त्य गर्न चाहन्छन् ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]