3 years ago
May 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र जिम्बावेको ए टोलीलाई तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा पराजित गर्दै नेपालले एकदिवसीय सिरिज २-१ ले जितेको छ ।
सोमबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गरेको हो । जितका लागि २ सय १४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ३१ औं ओभरमा जित हासिल गरेको हो । वर्षाका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले सानदार अर्धशतक बनाए ।
कुशलले आक्रामक ब्याटिङ गर्दै नेपालका लागि जितको आधार खडा गरेका थिए । उनले २१ औं ओभरमा आउट हुनुअघि ६१ बलमा ७ चौका र ४ छक्कासहित ८४ रनको योगदान दिए । अर्का ओपनर आसिफ शेखले ३७ बलमा २९ रन जोडे । उनी १३ औं ओभरको पहिलो बलमा आउट हुँदा नेपालको स्कोर ७३ रन रहेको थियो ।
सुनिल धमला १८ औं ओभरमा मात्र ६ रनमा आउट भए । त्यसको ३ ओभरपछि कुशल र रोहित पौडेल लगातार बलमा आउट हुँदा नेपाल दबाबमा परेको थियो । रोहित मभुताको एलबीडब्लु धरापमा गोल्डेन डक आउट भए । त्यसपछि दिपेन्द्र र विनोद भण्डारीले नेपाललाई जितसम्म पुर्याएका थिए । दीपेन्द्रले ४३ बलमा ६० रन जोडे । नटआउट रहेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । विनोद २६ बलमा २८ रन जोड्दै नटआउट रहे ।
त्यसअघि नेपाल भ्रमणमा रहेको जिम्बावे एले नेपाललाई जितका लागि २ सय १४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।
गएराति वर्षाका कारण तोकिएको समयमा मैदान खेल्न योग्य नहुँदा खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले टस जितेर जिम्बावेलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । जिम्बावेले ३२.१ ओभरमा अलआउट हुँदै २ सय १३ रन जोड्यो । जिम्बावेका लागि ओपनर तादिवान्से मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । नेपालका लागि पहिलो पटक सिनियर टोलीबाट खेलेका किशोर महतोले ५ विकेट लिए ।
पहिलो ब्याटिङ गरेको जिम्बावेले ओपनर इनोसेन्ट कायालाई पाँचौ ओभरमा गुमाएको थियो । किशोरले पहिलो विकेट लिने क्रममा कायालाई आसिफको हातबाट १२ रनमा आउट गरेका थिए । तर अर्का ओपनरले मारुमानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेको स्कोर अघि बढाए । उनले ३१ बलमा ७ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए । उनलाई दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलबाट क्याच गराए ।
त्यसपछि लगातार विकेट खसेपनि जिम्बावेको रनगति भने रोकिएन । किशोरको बलमा आउट हुनुअघि कुद्जाई माउन्जेले ३४ बलमा ३९ रन जोडे । जोनाथन क्याम्पबेल मात्र ३ रनमा सोमपाल कामीको शिकार बने पेभेलियन फर्किए । सेफास झुवाओ १८ बलमा २ छक्कासहित १६ रनमा पेभेलियन फर्किए । २३ औं ओभरमा किशोरको बलमा आउट हुँदा जिम्बावे १४३-५ को स्थितिमा पुगेको थियो ।
कप्तान टोनी मुन्योङगाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए । उनलाई पनि किशोरले नै कुशल भुर्तेलबाट क्याच गराउँदै पेभेलियन पठाए । रोय काया ४८ बलमा ३६ रन जोड्दै आउट भए । उनी बसिर अहमदको थ्रोमा रनआउट भएका थिए । लुक जोंग्वेले अन्त्यतिर १५ बलमा १९ रन जोडेपछि जिम्बावेले २ सय रनको आँकडा पार गरेको थियो ।
नेपालका लागि किशोरले ७ ओभरमा ५ विकेट लिने क्रममा १ मेडनसहित ४३ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले भने ६ ओभरमा ५६ रन खर्चदा विकेटविहिन भए । सोमपालले २ तथा दीपेन्द्र र करणले १-१ विकेट हात पारे ।
तीन खेलको एकदिवसीय सिरिजमा जिम्बावेले पहिलो खेल जितेको थियो । नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको हो । यसअघि ३ खेलको टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]