default_image

2 years ago

May 16, 2022

नेपाललाई युगान्डाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली नेपाललाई १ सय ३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनायो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले पहिलो महिला टि२० आई खेलमा घरेलु टोली नेपाललाई १ सय ३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनायो ।

युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेका थिए ।

१२ औं ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबीडब्लू आउट गरिन् । ३८ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । अर्को ओभरको पहिलो बलमा रुविनाले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराइन् । उनले ३० बल खेलेकी थिइन् ।

रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । रिता न्यांगन्डोले १३ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । फ्रैंकलिन नज्जुम्बाले १८ बलमा १२ रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले १(१ विकेट लिइन् ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.