default_image

2 years ago

May 17, 2022

नेपालले टस हार्यो, टोलीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अविकोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो महिला टि२० आई खेलमा युगान्डासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अविकोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ । सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई आज प्लेइङ ११ मा उतारेको छ ।

पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाउँदै ९० रन जोड्न सकेको थियो । प्रमुख अलराउन्डर सीता रानामगर फेयर ब्रेक इन्भिटेसनल खेलेर आएको हुँदा उपलब्ध भएकी हुन् ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री, इन्दु बर्मा, काजोल श्रेष्ठ (विकेटकिपर), कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, डली भट्ट, सबनम राई, सरिता मगर, सीता रानामगर र विन्दु रावल ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.