काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्ध तेस्रो टि२० खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको छ ।

कप्तान रुविना क्षेत्रीले टस जितेर ब्याटिङ रोज्दा टोलीमा ३ परिवर्तन भएको छ । पछिल्लो खेलमा बाहिर रहेकी विकेटकिपर ज्योति पाण्डे, रोमा थापा र संगीता राई टोलीमा आएका छन् । विकेटकिपर काजोल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगम भने बेन्चमा रहेका छन् ।
नेपालले आज पनि ओपनरमा परिवर्तन गर्ने देखिएको छ । पछिल्ला दुवै खेलमा नेपालको सुरुवाती जोडीले राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले सुरुवाती दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा १२ रनले पराजित नेपालले दोस्रो खेलमा १ विकेटको हार बेहोरेको थियो । आजको खेलमा हार बेहोरे नेपालले सिरिज हार्नेछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, सवनम राई, सरिता मगर, रोमा थापा, संगीता राई, विन्दु रावल