default_image

2 years ago

May 20, 2022

नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा मध्यम ब्याटिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको छ । ओपनर ज्योति पाण्डे १३ बलमा ४ चौकासहित १७ रनमा कटएण्ड बोल्ड भइन् । विन्दु रावल ३० बलमा १ चौकासहित […]

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा मध्यम ब्याटिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको छ ।

ओपनर ज्योति पाण्डे १३ बलमा ४ चौकासहित १७ रनमा कटएण्ड बोल्ड भइन् । विन्दु रावल ३० बलमा १ चौकासहित १५ रन बनाएकी छिन् । सरिता मगर २ रनमा अविजित छिन् ।

पहिलो विकेटका लागि ज्योति र विन्दुले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । आक्रामक सुरुवाती दिलाएकी ज्योति जेनेत म्बावाजीबाट उत्कृष्ट क्याच भएकी थिइन् । कोन्सी एविकोले इन्दु बर्मालाई १ रनमा बोल्ड गरिन् । सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन् ।

नेपालले आजको खेलमा युवा लेगस्पिनर हिरान्माय रोयलाई डेब्यू दिएको छ । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राई, संगीता राई र रोमा थापालाई बेन्चमा राखेको छ । हिरान्मायेसँगै अप्सरी बेगम र अस्मिना कर्माचार्यलाई आजको खेलमा मैदान उतारेको छ ।

नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँच महिला टि२० आई सिरिज युगान्डाले दुई खेल अगावै जितेको छ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, सरिता मगर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

Success

Thank you for your time.