default_image

2 years ago

May 20, 2022

अनिलको शतकमा पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाहको शतकमा नेपाल पुलिस क्लबले सिक्किममा जारी तेस्रो संस्करणको कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा रोयल नर्थन ब्रोदर्शमाथि ७ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका अनिल शाहले ८० बलमा १५ […]

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाहको शतकमा नेपाल पुलिस क्लबले सिक्किममा जारी तेस्रो संस्करणको कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा रोयल नर्थन ब्रोदर्शमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका अनिल शाहले ८० बलमा १५ चौका र २ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले ।

शंकर राना १६, योगेन्द्रसिंह कार्की र प्रेम तामाङले दुई रन बटुले । ब्रोदर्शका राहुल गुप्ताले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । किशन कार्कीको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्रोदर्श ३६.३ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । उसका लागि विनयारन नायरले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कर्माले ५४ बलमा ४ चौकासहित ३५ रन बनाए ।

पुलिसका बायाँ हाते प्रतिश जि.सी.ले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ८ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

पुलिसले पहिलो खेलमा एचआरसिसी नाम्चीविरुद्ध निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भएको थियो । वर्षाको कारण रद्ध भएको थियो ।

सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन् । पुलिस समूह ए मा छ । पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोदर्श, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन् । पुलिसले तेस्रो खेल शनिबार युक्सम क्यापिटल्ससँग खेल्नेछ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.