default_image

2 years ago

May 22, 2022

उमेर नपुग्दा ज्योत्स्निकासहित ५ खेलाडीले विश्वकप छनोट खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ज्योत्स्निका मरासिनी सहित पाँच खेलाडीले मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोट खेल्न नपाउने भएका छन् । आइसिसीको नियममा १५ वर्षभन्दा कमका खेलाडीले सहभागीता जनाउन नपाउने भएपछि नेपालका प्रमुख पाँच खेलाडीले प्रतियोगिता गुमाउने भएका छन् । ज्योत्स्निकासँगै टिका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीले कम उमेरका […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ज्योत्स्निका मरासिनी सहित पाँच खेलाडीले मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोट खेल्न नपाउने भएका छन् । आइसिसीको नियममा १५ वर्षभन्दा कमका खेलाडीले सहभागीता जनाउन नपाउने भएपछि नेपालका प्रमुख पाँच खेलाडीले प्रतियोगिता गुमाउने भएका छन् ।

ज्योत्स्निकासँगै टिका शाह, सावित्री धामी, प्रतिमा शाह र मनिषा चौधरीले कम उमेरका कारण यू१९ विश्वकप गुमाउने भएका हुन् । नेपाली महिला क्रिकेटकी भविष्य मानिएकी ज्योत्स्निका गत चैतमा गण्डकीले धनगढीमा भएको यू–१९ महिला राष्ट्रिय च्याम्पियनकी सर्वोत्कृष्ट खेलाडी हुन् ।

ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ गण्डकीलाई उपाधि दिलाएकी थिइन् । उनले गण्डकीको सिनियर टोलीबाट दुई प्रधानमन्त्री कप प्रतियोगिता गर्दै राम्रो प्रभाव छाडेकी छिन् । मध्यक्रमकी भरपर्दी र तीव्र गतिकी बलर हुन् । ज्योत्स्निका नहुँदा नेपाललाई ठूलो धक्का लाग्ने देखिएको छ । दुई वर्षअघि प्रदेश १ ले नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जित्दा टिका टोलीको सदस्य थिइन् ।

‘कम उमेरमा हामीले केहि कन्डिसन आइसिसीलाई पठाएका थियौं । तर आइसिसीले अन्तिममा मानेन’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने ।

‘आइसिसीले सुरुमा हामीलाई १५ वर्षभन्दा मुनिको छ भने बाबुआमाको सहमती पत्र लिएर आउन भनेको थियो । हामीले १५ वर्षभन्दा मुनिका सबै खेलाडीको बाबुआमाको सहमति पत्र लिएर पनि आयौं । अन्तिममा आएर मान्यता नदिएपछि क्यानको गल्ती हुने कुरा भएन’, मल्लले भने ।

जुन पहिलो साता हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ । क्रिकेट इतिहासमा पहिलो पटक महिला यू१९ विश्वकप हुन लागेको हो । नेपालको विश्वकप खेल्ने राम्रो सम्भावना छ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.