default_image

2 years ago

May 21, 2022

निर्णायक खेलमा मुम्बईलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफमा पुग्न निर्णायक खेलमा मुम्बई इन्डियन्सलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । दिल्लीका रोभम्यान पावेलले ३४ बलमा १ चौका र ४ […]

72 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफमा पुग्न निर्णायक खेलमा मुम्बई इन्डियन्सलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । दिल्लीका रोभम्यान पावेलले ३४ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । ऋषभ पन्त ३४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

एक समय ८.४ ओभरमा ५०–४ को कमजोर अवस्थामा पुगेको दिल्लीलाई पाँचौं विकेटका लागि पन्त र पावेलले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पन्त रमनदीप सिंहको बलमा एज लागेर आउट भए ।

दिल्लीका ओपनर पृथ्वी शा २३ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । डेभिड वार्नर ५, मिचेल मार्श गोल्डेन डक र शरफराज खान १० रनमा आउट भए । अक्षर पटेलले १० बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । रमनदीप सिंहले २ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मयंक मारकान्डे र ड्यानियल साम्सले १-१ विकेट लिए ।

यस खेलमा दिल्ली विजयी भएमा प्लेअफमा पुग्नेछ । दिल्ली पराजित भएको खण्डमा भने रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुग्ने समिकरण छ ।

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

Success

Thank you for your time.