default_image

2 years ago

May 23, 2022

अमेरिकासँग क्यानको ‘फ्रन्टफुट’ क्रिकेट कुटनीति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ औं वर्ष पुगिसकेको छ । सम्बन्ध विस्तार भएको साढे सात दशक बितिसक्दा पनि दुई राष्ट्रबीच खेलकुदलाई लिएर अ‍ौपचारिक कार्यक्रम भने यसै साता सम्भव भयो । त्यो पनि नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै पहलमा, क्रिकेटको भाषामा भन्दा फ्रन्टफुटमा खेल्दा । नेपाली राष्ट्रिय […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ औं वर्ष पुगिसकेको छ । सम्बन्ध विस्तार भएको साढे सात दशक बितिसक्दा पनि दुई राष्ट्रबीच खेलकुदलाई लिएर अ‍ौपचारिक कार्यक्रम भने यसै साता सम्भव भयो । त्यो पनि नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै पहलमा, क्रिकेटको भाषामा भन्दा फ्रन्टफुटमा खेल्दा ।

नेपाली राष्ट्रिय क्रिकेट टोली यसै साता विश्वकप लिग २ लिग खेल्न अमेरिका जाँदैछ । अमेरिकाको घरेलु मैदानमा हुने सिरिजमा नेपालसँगै अ‍ोमान पनि प्रतिस्पर्धामा हुनेछ । नेपाल–अमेरिकाको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा क्यानले अमेरिका जाने टोलीका लागि बिदाई गर्न आइतबार कार्यक्रम आयोजना गर्यो ।

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको भनाइ मान्ने हो भने अमेरिकामा आधिकारिक प्रतियोगिता खेल्न लागिएको यो पहिलो अवसर हो । यसअघि अन्य खेलमा मैत्रीपूर्ण खेल तथा प्रतियोगितामा भने नेपाली टिम र खेलाडी सहभागी भएका छन् ।

क्यानका प्रबन्ध निर्देशक वृतान्त खनालको भनाइ मान्ने हो भने सम्बन्ध विस्तारका लागि संघले नै पहल गरेको हो । ‘ क्रिकेट टोलीको सिरिज खेल्ने मिति पक्का भएपछि हामीले नै सम्बन्ध विस्तारका लागि पहल गरेका हौं । ७५ वर्ष पुगेको अवसर पनि थियो । हाललाई हामीले सम्बन्ध विस्तार गर्ने मात्र योजना बनाएका छौं । यसक्रममा भिसा प्रक्रियाका लागि पनि दुतावासका कर्मचारीबाट निकै सहयोग भयो,’ उनले भने ।

अमेरिका र नेपालको सम्बन्ध भर्खर विस्तार भएपनि अर्को कडीले दुई राष्ट्र जोडेको छ । हाल नेपालका प्रशिक्षक रहेका श्रीेलंकाका पुबुदु दासानायके यसअघि अमेरिकाको प्रशिक्षक थिए । अमेरिकाबारे राम्रो जानकारी रहेकाले पनि नेपाललाई केही फाइदा पुग्ने देखिन्छ ।

‘धेरै नेपाली मूलका खेलाडीहरू अमेरिकामा क्रिकेट खेलिरहेका छन् । त्यहाँ रहेका समुदायबाट मैले राम्रो सम्मान पनि पाएँ,’ दासानायकेले भने, ‘अमेरिकामा हुँदा मैले लगभग त्यहाँको सबै राज्यमा गएर उत्कृष्ट प्रतिभाहरूलाई हेरें । नेपाली समाजमाझ क्रिकेट लोकप्रिय छ ।’

लिग २ मा हालसम्म नेपालले ६ खेलमा जित र ६ खेलमा हार बेहोर्दै ७ सहभागी टोलीमा छैटौं स्थानमा छ । नेपालले अमेरिकामा ओमानविरुद्ध जुन ९ मा, अमेरिकासँग ११ मा, ओमानसँग १४ मा र अमेरिकासँग जुन १५ मा खेल्नेछ । त्यसअघि नेपालले जुन २ मा नेपाली अल स्टार्स र ४ ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्नेछ । गत वर्ष नेपालमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई हराएको थियो ।

अमेरिकी दूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करसनले नेपालसँगको खेल अमेरिकाका लागि पनि राम्रो अनुभव हुने जनाए । उनले आउने दिनमा दुतावासले क्रिकेटसँग जोडीएर काम गर्न उत्सुक रहेको पनि बताए । विल्करसनले ७५ वर्ष पुगेको अवसरमा यो सिरिज आउँदा सम्बन्ध विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रममा कप्तान सन्दीप लामिछानेलाई ब्याट प्रदान समेत गरेका थिए ।

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी रहँदै […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

Success

Thank you for your time.