default_image

2 years ago

May 24, 2022

‘टिम सन्तुलित छ’ – कप्तान कृतिका

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीकी कप्तान कृतिका मरासिनीले टोली सन्तुलित रहेको बताएकी छिन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीमा रहेको नेपालको टोली सन्तुलित रहेकोा बताएकी हुन् । ‘टिम एकदमै सन्तुलनमा छ । हाम्रो बलियो पक्ष बलिङ हो । तर ब्याटिङ र बलिङ दुबै राम्रो छ’, […]

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीकी कप्तान कृतिका मरासिनीले टोली सन्तुलित रहेको बताएकी छिन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीमा रहेको नेपालको टोली सन्तुलित रहेकोा बताएकी हुन् ।

‘टिम एकदमै सन्तुलनमा छ । हाम्रो बलियो पक्ष बलिङ हो । तर ब्याटिङ र बलिङ दुबै राम्रो छ’, कप्तान कृतिका मरासिनीले भनिन् । कृतिकाले पछिल्लो तीन वर्षमा घरेलु क्रिकेट लगातार खेल्दै आएकी छिन् । त्यसैले धेरै खेलाडीको बारे जानकार पनि छिन् । ‘टोलीमा एकदमै युवा र क्षमतावान् खेलाडी छन् । टिम राम्रो छ’, उनले भनिन् ।

कृतिका २०१९ मा चीनमा भएको बि एण्ड आर कपमा सर्वाधिक विकेट लिँदै प्रतियोगिता उत्कृष्ट बलर चुनिएकी थिइन् । लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी छिन् । कृतिका कप्तानी गर्न आत्माविश्वासी रहेको बताउँछिन् ।

‘कप्तानी एउटा अनुभव पनि हो । पहिला देखि खेल्दै आएको छु । आत्माविश्वासी छु । कप्तानीले गर्दा आफ्नो ब्यक्तिगत प्रदर्शनमा असर पर्छ जस्तो लाग्दैन । नेपालका लागि कप्तानी गर्दा केहि दबाब त हुन्छनै । तर पनि त्यस्तो नर्भस छैन । आत्माविश्वासी नै छु’, उनले आफ्नो कप्तानी बारे भनिन् ।

‘कहिल्यै पनि आफ्नो विपक्षीलाई कमजोर सोच्नु हुँदैन । हामी जितको लागिनै जाने छौं । नेपालको लक्ष्य विश्वकप खेल्नेछ’, उनले भनिन् । एसिया छनोटमा राम्रो गर्न सके कृतिकालाई सिनियर टोलीमा पर्न पनि सहज हुनेछ । ‘यो अवसर हो । तर प्रदर्शन पनि धेरै प्रभाव पार्छ । प्रदर्शन गरेमा नै टोलीमा पर्ने हो’, उनले भनिन् ।

अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि नेपालले एसिया क्षेत्र छनोट जित्नुपर्ने हुन्छ।
जुन पहिलो साताबाट मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् ।

शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ । यू-१९ विश्वकप २०२३ मा जनवरी फेब्रुअरीमा हुने छ । प्रतियोगितामा कुल १६ टोली हुनेछन् । नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्ने तयारीमा छ ।

‘प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य छ’ – प्रशिक्षक रिजाल

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.