default_image

2 years ago

May 25, 2022

बाबर हङकङको टोलीमा फर्किए

एजेन्सी – हङकङका प्रमुख ब्याटर बाबर हायत तीन वर्षपछि सिनियर टोलीमा फर्किएका छन् । एसोसियट क्रिकेटका स्टार ब्याटर बाबर हायत २०१९ पछि हङकङको टोलीमा पूनरागमन गरेका हुन् । हङकङले युगान्डामा जुन १४ देखि सुरु हुने आइसिसी च्यालेन्ज लिग बी मा दोस्रो राउन्डको प्रतियोगिताको लागि बाबरलाई समेट्दै टोली घोषणा गरेको छ । बाबर बोर्डसँग आन्तरिक सम्बन्धको […]

75 views

0 Bookmark

एजेन्सी – हङकङका प्रमुख ब्याटर बाबर हायत तीन वर्षपछि सिनियर टोलीमा फर्किएका छन् । एसोसियट क्रिकेटका स्टार ब्याटर बाबर हायत २०१९ पछि हङकङको टोलीमा पूनरागमन गरेका हुन् ।

हङकङले युगान्डामा जुन १४ देखि सुरु हुने आइसिसी च्यालेन्ज लिग बी मा दोस्रो राउन्डको प्रतियोगिताको लागि बाबरलाई समेट्दै टोली घोषणा गरेको छ । बाबर बोर्डसँग आन्तरिक सम्बन्धको कारण २०१९ देखि हङकङको टोलीमा थिएनन् । हङकङका दुई प्रमुख ब्याटर अंशुमन रथ र बाबर हायतले २०१९ मा अप्रिलमा क्यानडामा भएको डिभिजन टु को खेलपछि हङकङको टोलीमा थिएनन् ।

रथभने अव भारतीय घरेलु क्रिकेट खेल्ने हुँदा हङकङको टोलीमा फर्किने छैनन् । बाबर नेपाली फ्रेन्चाइज लिगका लोकप्रिय विदेशी स्टार हुन् । बाबरले हङकङबाट २२ ओडिआई, २४ टि२० आई, ६ प्रथम श्रेणी र ४३ लिष्ट ए खेल खेलेका छन् । उनको आगमनले हङकङको मध्यक्रम ब्याटिङ बलियो बन्नेछ ।

बाबर नहुँदा हङकङले पछिल्लो समय ओडिआई मान्यता र टि२० विश्वकपको अवसर गुमाएको थियो । हङकङले जुलाई दोस्रो साता जिम्बावे मा हुने टि२० विश्वकप छनोट बी खेल्ने हुँदा बाबरको आगमनले धेरे प्रभाव पार्नेछ । बाबरले घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ पूनरागमन गरेका हुन् ।

च्यालेन्ज बी मा बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा गरि ६ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । च्यालेन्ज लिग २०२३ मा भारतमा हुने एकदिवसिय कपको छनोट यात्रा हो । नेपालले उक्त विश्वकप छनोटको लागि विश्वकप लिग २ खेलि रहेको छ ।
च्यालेन्ज लिग बी को तेस्रो राउन्डको खेल जर्सीमा–२ अगष्ट देखि १५ सम्म हुनेछ ।

पहिलो राउन्डको खेल २०१९ मा ओमानमा भएको थियो । च्यालेन्जस ए र बी बाट शीर्ष टोली विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । प्लेअफमा ६ टोली हुनेछन् । चार टोली विश्वकप लिग २ बाट झरेका हुनेछन् । विश्वकप लिग २ मा नेपाल सहित ७ टोलीले प्रतिस्पर्धा गरेका छन् । विश्वकप लिग २ मा शीर्ष तीन टोली सोझैं ग्लोबल छनोटमा पुग्नेछ । प्लेअफबाट भने दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

हङकङको टोली :

निजाकट खान (कप्तान), अदित गोरावरा, अजिज खान, आयुश शुक्ला, बाबर हायत, ड्यानिल पास्को, इशान खान, गजानफर मोहम्मद, हरुन अर्शद, ज्यामी एटकिन्सन, किन्चित साह, विकाश शर्मा, यासिम मुर्तजा र जिशान अली ।

च्यालेन्ज लिग बी – राउन्ड २ मा हङकङको खेल तालिका

जुन १८ : इटालीविरुद्ध हङकङ

जुन २० : युगान्डाविरुद्ध हङकङ

जुन २३ : हङकङविरुद्ध बर्मुडा

जुन २४ : हङकङविरुद्ध जर्सी

जुन २७ : हङकङविरुद्ध केन्या

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.