default_image

2 years ago

May 26, 2022

क्यानविरुद्ध इपिएल सर्वोच्च अदालतमा पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को फ्रेन्चाइज लिग विदेशी कम्पनिलाई दिने निर्णयविरुद्ध एभरेस्ट प्रिमियर लिग (इपिएल) र लिगमा सहभागी ६ टोलीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । इपिएलले यसअघि नै क्यानले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा इपिएल […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को फ्रेन्चाइज लिग विदेशी कम्पनिलाई दिने निर्णयविरुद्ध एभरेस्ट प्रिमियर लिग (इपिएल) र लिगमा सहभागी ६ टोलीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

इपिएलले यसअघि नै क्यानले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा इपिएल र सहभागी टोलीका कर्पोरेट संस्थाले क्यानलाई आर्थिक तथा अन्य कुनै रुपमा सहयोग नगर्ने चेतावनी दिएका थिए । क्यानले उक्त प्रेस विज्ञप्तिको खण्डन गर्दै क्यानलाई धम्क्याएको भन्ने अर्थ लगाउँदै त्यसो नगर्न अर्को विज्ञप्ति जारी गरेको थियो ।

इपिएलले विहीबार अर्को प्रेस विज्ञप्ति जारी गर्दै इपिएलले मात्र पाँचौ संस्करण आयोजना गर्न दिनका लागि माग गरेको जनाएको छ । सँगसँगै इपिएलले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित रहेको र यो प्रक्रिया पारदर्शी नभएको जनाएको छ । यसैको विरुद्धमा इपिएल र सहभागी टोलीले प्रतियोगिता आयोजना गर्न दिएको निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) को मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इपिएलको पहिलो प्रेस विज्ञप्ति :

क्यानको जवाफी प्रेस विज्ञप्ति :

इपिएलको दोस्रो प्रेस विज्ञप्ति :

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.