default_image

3 years ago

June 4, 2022

युएईले स्कटल्यान्डलाई हरायो

122 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी विश्वकप सुपर लिग–२ मा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले ९८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाए ।

मोहम्मद वासिम ३६, चिराग सुरी ४ र सिपी रिजवान ३० रनमा आउट भए । जवार फरिद १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे । स्कटल्यान्डले नौ बलर प्रयोग गरेको थियो । स्कटल्यान्डका शफ्यान शरिफले २ विकेट लिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ५० ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका सफ्यान शरिफले ४८ बलमा १ चौकासहित सर्वाधिक ३० रन बनाए ।

जर्ज मुन्शेले ६८ बलमा २९ रन जोडे । म्याथ्यु क्रस ५, काइल कोट्जर १० र कलुम म्याकलेड २० रनमा आउट भए । युएईका कासिफ दाउद र कार्तिक मयप्पनले २–२ विकेट लिए ।

यस त्रिकोणात्मक सिरिजमा अमेरिका, स्कटल्यान्ड र युएईछन् । युएईले अव आज राती अमेरिकासँग खेल्नेछ । यस सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज हुनेछ । स्कटल्यान्ड २० खेलमा १३ खेलमा जित र ५ खेलमा हारका साथ दोस्रो स्थानमा छ ।

युएई २१ खेलमा ११ मा जित र ८ मा हारका साथ तेस्रो स्थानमा छ । अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा छ । नेपाल भने १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.