default_image

4 years ago

June 4, 2022

युएईले स्कटल्यान्डलाई हरायो

167 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी विश्वकप सुपर लिग–२ मा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले ९८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाए ।

मोहम्मद वासिम ३६, चिराग सुरी ४ र सिपी रिजवान ३० रनमा आउट भए । जवार फरिद १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे । स्कटल्यान्डले नौ बलर प्रयोग गरेको थियो । स्कटल्यान्डका शफ्यान शरिफले २ विकेट लिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ५० ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका सफ्यान शरिफले ४८ बलमा १ चौकासहित सर्वाधिक ३० रन बनाए ।

जर्ज मुन्शेले ६८ बलमा २९ रन जोडे । म्याथ्यु क्रस ५, काइल कोट्जर १० र कलुम म्याकलेड २० रनमा आउट भए । युएईका कासिफ दाउद र कार्तिक मयप्पनले २–२ विकेट लिए ।

यस त्रिकोणात्मक सिरिजमा अमेरिका, स्कटल्यान्ड र युएईछन् । युएईले अव आज राती अमेरिकासँग खेल्नेछ । यस सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज हुनेछ । स्कटल्यान्ड २० खेलमा १३ खेलमा जित र ५ खेलमा हारका साथ दोस्रो स्थानमा छ ।

युएई २१ खेलमा ११ मा जित र ८ मा हारका साथ तेस्रो स्थानमा छ । अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा छ । नेपाल भने १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.