default_image

2 years ago

June 9, 2022

भारतमाथि दक्षिण अफ्रिकाको कीर्तिमानी जित

एजेन्सी – डेविड मिलर र रास्सी भान डर डुसेनको विष्फोटक ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट […]

106 views

0 Bookmark

एजेन्सी – डेविड मिलर र रास्सी भान डर डुसेनको विष्फोटक ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाले टि२० आईमा सफलता पूर्वक पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । दक्षिण अफ्रिकाको यसअघि टि२० आईमा सर्वाधिक ठूलो योगफल २००७ मा वेस्टइन्डिजविरुद्ध २ सय ६ रन पूरा गरेको थियो ।

दक्षिण अफ्रिका जितमा डेविड मिलर ३१ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनमा अविजित रहे । अनुभवी ब्याटर रास्सी भान डर डुसेन ४६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा अविजित रहे ।

चौथो विकेटका लागि मिलर र डुसेनले १ सय ३१ रनको सानदार शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकाको कीर्तिमानी जित हात पारे । ओपनर क्विन्टन डि कक २२ र टेम्बा बभुमा १० रनमा आउट भए । दक्षिण अफ्रिकाले धेरैलाई सरप्राइज दिँदै तीव्र गतिका बलिङ अलराउन्डर डवेन प्रिटोरियसलाई तेस्रो नम्बरमा पठाएको थियो ।

प्रिटोरियसले १३ बलमा १ चौका र ४ छक्का सहित २९ रन जोडे । भारतका हर्षल पटेल, भुवनेश्वर कुमार र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

भारतका ओपनर ईशान किशनले ४८ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । हार्दिक पान्ड्याले आक्रामक अन्त्य गर्दै १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे ।

ओपनर ऋतुराज गाकवाड १५ बलमा ३ छक्कासहित २३ रनमा आउट भएका थिए । श्रेयस ऐरले २७ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । कप्तान ऋषभ पन्त १६ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।

दीनेश कार्तिक २ रनमा अविजित रहे । दक्षिण अफ्रिका केशव महाराज, एनरिच नोर्किया, ड्वेन प्रोटिरियोस र वेन पार्नेलले १–१ विकेट लिए ।भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेल आइतबार हुनेछ ।

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

Success

Thank you for your time.