default_image

2 years ago

June 9, 2022

नेपालको सानदार बलिङ

ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानविरुद्ध सानदार सुरुवात गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २६ ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद ३९ रनमा अविजित छन् […]

119 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ मा ओमानविरुद्ध सानदार सुरुवात गरेको छ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २६ ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद ३९ रनमा अविजित छन् । उनलाई खवर अलीले ३ रनमा साथ दिएका छन् ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई इनिङको पहिलो बलमै एलबीडब्लू आउट गरेका थिए । करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई सातौं ओभरको दोस्रो बलमा ११ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।

त्यसपछि सन्दीपले दुई विकेट लिँदै थप दबाबमा राखे । सन्दीपले शोएब खानलाई विनोद भण्डारीबाट २७ रनमा क्याच गराए । खानले ४९ बलमा ४ चौका प्रहार गरे । सन्दीपले मोहम्मद नदीमलाई एक रनमा बोल्ड गर्दा ओमान १६.२ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको थियो ।

करणले २५ औं ओभरको दोस्रो बलमा अयान खानलाई ८ रनमा सोमपाल कामीबाट क्याच गराउँदै ओमानलाई ८६–५ को अवस्थामा पुर्याएका छन् ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.