default_image

2 years ago

June 10, 2022

करणको कीर्तिमानी पाँच विकेटमा नेपाललाई मध्यम लक्ष्य

ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको कीर्तिमानी पाँच विकेटको सहयोगमा ओमानले आइसिसी विश्वकप लिग–२ मा नेपाललाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो । ओमानका कप्तान जिशान मकसुद १ […]

85 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको कीर्तिमानी पाँच विकेटको सहयोगमा ओमानले आइसिसी विश्वकप लिग–२ मा नेपाललाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनमा अविजित रहे ।

ओमानले एकतर्फबाट लगातार विकेट गुमाएपनि कप्तान मकसुदले जिम्मेवारीका साथ अन्तिम सम्म क्रिजमा डटि रहे । मकसुदको ओडिआई करिअरको दोस्रो शतक हो ।

नेपालका करण केसीले पाँच विकेट लिए । उनी ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रो खेलाडी हुन् । करण नेपालबाट ओडिआई र टि२० आई दुबैमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।


नेपाललाई तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई इनिङको पहिलो बलमै एलबीडब्लू आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई सातौं ओभरको दोस्रो बलमा ११ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए ।

त्यसपछि स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिँदै थप दबाबमा राखे । सन्दीपले शोएब खानलाई विनोद भण्डारीबाट २७ रनमा क्याच गराए । खानले ४९ बलमा ४ चौका प्रहार गरे । सन्दीपले मोहम्मद नदीमलाई एक रनमा बोल्ड गर्दा ओमान १६.२ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको थियो ।

करणले २५ औं ओभरको दोस्रो बलमा अयान खानलाई ८ रनमा सोमपाल कामीबाट क्याच गराउँदै ओमानलाई ८६–५ को अवस्थामा पुर्याएका थिए । छैटौं विकेटका लागि जिशान मकसुद र खवर अलीले ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अली ६२ बलमा ३ चौकासहित ३० रनमा आउट भए । सुरज कुमार १४ बलमा १२ रनमा आउट भए । करणले फैज बटलाई नौ रनमा बोल्डका साथ ब्यक्तिगत पाँच विकेट पूरा गरे ।

नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

Success

Thank you for your time.