default_image

2 years ago

June 10, 2022

ब्याटिङमा नेपालको संघर्ष

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ब्याटिङमा संघर्ष गरि रहेको छ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ । नेपालका आरिफ शेख ३० बलमा १ चौकासहित १५ रनमा अविजित छन् । […]

88 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ब्याटिङमा संघर्ष गरि रहेको छ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ ।

नेपालका आरिफ शेख ३० बलमा १ चौकासहित १५ रनमा अविजित छन् । विनोद भण्डारी १७ बलमा ३ रनमा अविजित छन् ।
तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई ३ रनमा बोल्ड आउट गरे । २०२० पछि टोलीमा फर्किएका सुवासले राम्रो इनिङ खेल्न सकेनन् ।

त्यस्तै पाँच वर्षपछि सिनियर टोलीमा फर्किदै ओडिआईमा डेब्यू गरेका सुनिल धमला ३८ बलमा १२ रन बनाउँदै जिशान मकसुदको बलमा बोल्ड भए । उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेल जिशान मकसुदको १९ औं ओभरको पहिलो बलमा खवर अलीबाट २० रनमा क्याच हुन पुगेपछि नेपाल ७१–३ को अवस्थामा पुगेको थियो । रोहितले १७ बलमा ३ चौका प्रहार गरे ।

युवा ब्याटर देव खनाललाई खवर अलीले ३४ रनमा बोल्ड आउट गरे । देवले ५३ बलमा ५ चौका प्रहार गरे । नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी अयान खानको बलमा जिशानबाट १६ रनमा क्याच भएपछि नेपालले संघर्ष गरेको छ ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

Success

Thank you for your time.