default_image

2 years ago

June 10, 2022

खराब ब्याटिङसँगै नेपाल ओमानसँग पराजित

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका आरिफ […]

66 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । आरिफको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १४ रन चाहिँएको थियो । पहिलो बल बिलाल खानले आरिफलाई डट राखे । दोस्रो फुलटस योर्करमा डट राखेपछि नेपालको जित टाढिएको थियो । तेस्रो बल डट र चौथो बलमा एलबीडब्लू आउट भए ।
तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई ३ रनमा बोल्ड गरे ।

२०२० पछि टोलीमा फर्किएका सुवासले राम्रो इनिङ खेल्न सकेनन् । त्यस्तै पाँच वर्षपछि सिनियर टोलीमा फर्किदै ओडिआईमा डेब्यू खेल खेलेका सुनिल धमला ३८ बलमा १२ रन बनाउँदै जिशान मकसुदको बलमा बोल्ड भए । उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेल जिशान मकसुदको १९ औं ओभरको पहिलो बलमा खवर अलीबाट २० रनमा क्याच भएपछि नेपाल दबाबमा परेको थियो ।

रोहितले १७ बलमा ३ चौका प्रहार गरे । युवा ब्याटर देव खनाललाई खवर अलीले ३४ रनमा बोल्ड आउट गरे । देवले ५३ बलमा ५ चौका प्रहार गरे । नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी अयान खानको बलमा जिशानबाट १६ रनमा क्याच भएपछि नेपालले संघर्ष गरेको छ । दीपेन्द्रले ३० बलमा एक चौका प्रहार गरे । छैटौं विकेटका लागि विनोद र आरिफले ३७ रनको साझेदारी गरे ।

मकसुदको बलमा रिभर स्वीप खेल्ने धुनमा मिस हुँदा विनोद भण्डारी ४६ बलमा १४ रन बनाउँदै एलबीडब्लू आउट भए । नेपालका विष्फोटक ब्याटर करण केसी ८ रनमा क्याच आउट भएसँगै नेपालको जित कठिन बनेको थियो । सोमपाल कामी १३ रनमा आउट भए ।

ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । खवर अलीले ८ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अयान खानले ९ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिलाल खानले ८.४ ओभरमा एक मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए ।

ओमानले एकतर्फबाट लगातार विकेट गुमाएपनि कप्तान मकसुदले जिम्मेवारीका साथ अन्तिम सम्म क्रिजमा डटि रहे । मकसुदको ओडिआई करिअरको दोस्रो शतक हो ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई इनिङको पहिलो बलमै एलबीडब्लू आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई सातौं ओभरको दोस्रो बलमा ११ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए ।

त्यसपछि स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिँदै थप दबाबमा राखे । सन्दीपले शोएब खानलाई विनोद भण्डारीबाट २७ रनमा क्याच गराए । खानले ४९ बलमा ४ चौका प्रहार गरे । सन्दीपले मोहम्मद नदीमलाई एक रनमा बोल्ड गर्दा ओमान १६।२ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको थियो ।

करणले २५ औं ओभरको दोस्रो बलमा अयान खानलाई ८ रनमा सोमपाल कामीबाट क्याच गराउँदै ओमानलाई ८६–५ को अवस्थामा पुर्याएका थिए । छैटौं विकेटका लागि जिशान मकसुद र खवर अलीले ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अली ६२ बलमा ३ चौकासहित ३० रनमा आउट भए । सुरज कुमार १४ बलमा १२ रनमा आउट भए । करणले फैज बटलाई नौ रनमा बोल्डका साथ ब्यक्तिगत पाँच विकेट पूरा गरे ।

नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । नेपालका करण केसीले पाँच विकेट लिए । उनी ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रो खेलाडी हुन् । करण नेपालबाट ओडिआई र टि२० आई दुबैमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।

सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपालले शनिबार अमेरिकासँग खेल्नेछ ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.