default_image

2 years ago

June 11, 2022

इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ । नटिङ्घममा पहिलो दिन टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ८७ ओभरमा ३१८–४ को बलियो अवस्थामा छ । न्युजिल्यान्डका डर्याल मिचेल १ सय ४७ बलमा ९ चौका र २ छक्कासहित ८१ रनमा अविजित छन् । पहिलो टेस्टको दोस्रो इनिङमा शतकीय इनिङ खेलेका मिचेलले उत्कृष्ट […]

67 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ । नटिङ्घममा पहिलो दिन टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ८७ ओभरमा ३१८–४ को बलियो अवस्थामा छ ।

न्युजिल्यान्डका डर्याल मिचेल १ सय ४७ बलमा ९ चौका र २ छक्कासहित ८१ रनमा अविजित छन् । पहिलो टेस्टको दोस्रो इनिङमा शतकीय इनिङ खेलेका मिचेलले उत्कृष्ट लयलाई निरन्तरता दिएका हुन् । त्यस्तै विकेटकिपर टम ब्लेन्डेल १ सय ३६ बलमा ८ चौकासहित ६७ रनमा अविजित छन् ।

चौथो विकेटका लागि टम ब्लेन्डल र डर्याल मिचेलले १ सय ४९ रनको शतकीय साझेदारी गरेका छन् । नियमित कप्तान केन विलियम्सन कोरोनाको कारण छैनन् । कप्तान टम लामथ २६, विल योंग ४७, डेभन कन्वे ४६ र हेनरी निकोलस ३० रनमा आउट भए ।

इंग्ल्यान्डका बेन स्टोक्स र जेम्श एन्डरसनले २–२ विकेट लिएका छन् । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो । दोस्रो टेस्टपछि इंग्ल्यान्डले नेदरल्यान्ड्ससँग तीन ओडिआई खेल खेल्नेछ । त्यसपछि मात्रै २३ जुन देखि तेस्रो टेस्ट खेल सुरुहुनेछ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.