default_image

2 years ago

June 11, 2022

अमेरिकाविरुद्ध ओडिआईमा आदिलको डेब्यू

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका युवा आक्रामक ब्याटर आदिल अन्सारीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध डेब्यू गरेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले तीन परिवर्तन गर्दा आदिलले ओडिआईमा डेब्यू गरेका छन् । नेपालले विकेटकिपर विनोद भण्डारीलाई बेन्चमा राख्दै […]

140 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका युवा आक्रामक ब्याटर आदिल अन्सारीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध डेब्यू गरेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।


नेपालले तीन परिवर्तन गर्दा आदिलले ओडिआईमा डेब्यू गरेका छन् । नेपालले विकेटकिपर विनोद भण्डारीलाई बेन्चमा राख्दै आदिल अन्सारीलाई ओडिआईमा डेब्यू दिएको हो । दुई महिना अघि आदिलले त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालविरुद्ध डेब्यू गरेका थिए । आदिल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

विनोदले ओमानविरुद्ध ४६ बलमा मात्र १४ रन बनाएका थिए । नेपालका दुबै पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल फर्किएका छन् । ओमानविरुद्ध खेलेका ओपनर सुनिल धमला र सुवास खकुरेल दुबै बेन्चमा छन् । आसिफ टोलीमा फर्किएपछि विकेटकिपर विनोदलाई बेन्चमा राखेको हो ।

आसिफले विकेटकिपर गर्नेछन् । आसिफ र कुशल चोटका कारण पहिलो खेल गुमाएका थिए । यी दुई ब्याटरको आगमनले नेपालको ब्याटिङ मजबुत हुनेछ । धमलाले ओमानविरुद्ध ३८ बलमा १२ र सुवास खकुरेलले ७ बलमा ३ रन बनाएका थिए ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.